विराटनगरमा दुबईको लोकप्रिय “क्वालिटी” आइसक्रिमको पार्लर खुल्यो

<span class='c1'>विराटनगरमा दुबईको लोकप्रिय “क्वालिटी”</span> <span class='c2'>आइसक्रिमको पार्लर खुल्यो</span>

विराटनगर । विराटनगरमा दुबईको लोकप्रिय "क्वालिटी" आइसक्रिम पार्लर खुलेको छ।

५० वर्ष पुरानो यो ब्राण्ड कोशी प्रदेशमा पहिलोपटक विराटनगरको सेन्ट्रल मलमा खुलेको हो।

सन इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि. (सौरभ ज्योतिको स्वामित्वमा) र पूर्वी क्षेत्रका डिलर तसनीम कर्प प्रा.लि. (आमिर अख्तरको स्वामित्वमा) को संयुक्त प्रयासमा यो आइसक्रिम ब्राण्ड नेपालको पूर्वी क्षेत्रमा भित्राएका हुन्।

कम्पनीका अनुसार पूर्वी नेपालमा ४ वटा आउटलेटहरू खोल्ने योजना रहेको छ। विराटनगरमा उक्त आइसक्रिमको बिक्रि सुरु भईसकेको कम्पनीले जनाएको छ।

दुबईमा उत्पादित यो आइसक्रिम गाईको दूधबाट बनाइएको र ९ फरक स्वादमा उपलब्ध हुने कम्पनीले जनाएको छ। प्रि-प्याक गरिएका विभिन्न प्रकारका आइसक्रिमहरू पनि उपलब्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2