मामा घर भएका १२ वर्षीय बालकको चट्याङमा परेर मृत्यु

<span class='c1'>मामा घर भएका १२ वर्षीय</span> <span class='c2'>बालकको चट्याङमा परेर मृत्यु</span>

विराटनगर । सुनसरी इटहरीका १२ वर्षीय आविस्कार बरालको मामा घर पथरी गएको बेला चट्याङले लागेर मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका १ होक्लाबारीस्थित मामा शंकर दाहाल को घरमा गएका उनलाई बुधबार चट्याङले हानेको थियो ।

साइकल कुदाई रहेका उनलाई चट्याङले लागेपछि गम्भीर घाईते भएका थिए । घाईते उनलाई विराट टिचिङ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक मोहनबिक्रम दाहालले जानकारी दिए । घटनापछि सुनसरी इटहरीबाट बुबा बिश्वराज बरालसहित अस्पताल आएका थिए ।

बुधबार बर्षासँगै परेको चट्याङको समयमा उनी बाहिर साइकलमा खेलिरहेका थिए । प्रहरीले घटनाको थप कानुनी प्रक्रिया बारे अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्