आईपीएलमा मुम्बईको लगातार दोस्रो जित

<span class='c1'>आईपीएलमा मुम्बईको लगातार</span> <span class='c2'>दोस्रो जित</span>

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कमजोर सुरुवात गरेको मुम्बई इन्डियन्सले लगातार दोस्रो जित हात पारेको छ ।

बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई ४ विकेटले हराएको हो ।

सुरुमा ब्याटिङ गरेको हैदरावादले मुम्बईलाई एक सय ६३ रनको लक्ष्य दिएको थियो । मुम्बईले ११ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १६६ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । मुम्बईका लागि रेन रिकेल्टनले ३१, रोहित शर्माले २६, विल ज्याक्सले ३६ तथा सूर्य कुमार यादवले २६ रन जोडे । तिलक बर्मा २१ रनमा अविजित रहे ।

मुम्बईलाई जित दिलाउनका लागि कप्तान हार्दिक पाण्डेको विष्फोटक ब्याटिङ उपयोगी बन्यो । पाण्डेले ९ बलमा २१ रन जोडे । उनको पारीमा ३ चौका र १ छक्का समावेश थियो । हैदरावादका प्याट कुमिन्सले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । यस अघि वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको हो ।

उसका लागि अभिषेक शर्माले ४० रन बनाए । २८ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे। त्यस्तै हेनरिक क्लासेनले ३७, ट्रेभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत बर्माले अविजित १८ रन बनाए । जितपछि मुम्बई ६ अङ्क सहित सातौँ स्थानमा उक्लिएको छ । हैदरावाद ४ अङ्क सहित नवौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्