पाठक प्रतिक्रिया मेला आयोजना गरियो

<span class='c1'>पाठक प्रतिक्रिया मेला</span> <span class='c2'>आयोजना गरियो</span>

नयाँ नेपाल रिसर्च सेन्टर बिराटनगर र महेन्द्र मोरङ्ग क्याम्पसको आम संचार बिषयका बिद्यार्थीहरुले आइतबार पाठन प्रतिक्रिया मेलाको आयोजना गरेका छन् । पत्रपत्रिका पढेर मनमा उब्जिएका बिचार तर्कलाई सम्बन्धित पत्रिकाको सम्पादकलाई पाठक पत्र पठाएर प्रकाशित गराउने तथा पाठकहरुलाई पत्र लेख्न उत्प्रेरित गर्ने उद्धेश्यले मेलाको आयोजना गरीएको आम संचारका बिद्यार्थीहरुले बताएका छन् । संचारमाध्यम जनताका लागी भएपनि उनीहरुको सहभागीता कम भएकाले त्यसलाई बढाउन मेलाले सहयोग गर्ने आयोजकले अपेक्षा गरेको छ । मेलामा सहभागीहरुले ब्यक्त गरेका प्रतिक्रिया बिराटनगरबाट प्रकाशित हुने दैनिक, साप्ताहिक लगायतका पत्र पत्रिकाहरुलाई उपलब्ध गराएर प्रकाशित गराइने सेन्टरका बिजय मिश्रले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्