अमन कार्की भएअल नेपाल अाेपन स्नुकर टुर्नामेन्ट बिजेता

<span class='c1'>अमन कार्की भएअल नेपाल</span> <span class='c2'>अाेपन स्नुकर टुर्नामेन्ट बिजेता</span>

डिग्निटि पुल एन्ड स्नुकर क्लबकाे अायाेजनामा भएकाे अल नेपाल अाेपन स्नुकर टुर्नामेन्टकाे बिजेता विराटनगर १५ निवासी अमन कार्की भएका छन् । अाज अायाेजित प्रतियाेगिताकाे समापन समाराेहमा बिजेता कार्कीलाइ ट्रफि तथा ८१ हजार नगद पुरस्कार प्रदान गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेकाे माेरगं जिल्ला समिति सचिवालय सदस्य पारूल क्षेत्रीले पुरस्कार प्रदान गर्नु भएकाे हाे ।

यसै गरि प्रतियाेगितामा फस्ट रनरअप इटहरीका विकाश गुरूङ, सेकेन्ड रनरअप बुटवलका रेगन श्रेष्ठ, हाइअेस्ट ब्रेक अफ दि टुर्नामेन्ट अारके सहनी र इमर्जिङ प्लेअर अफ दि टुर्नामेन्ट अायुष गाैतम भएका थिए ।

समापन समाराेहमा प्रमुख अतिथि पारूल क्षेत्रीका साथै, साैर्य एयरलायन्सका प्रतिनिधि देवेश खनाल, टुर्नामेन्ट संयाेजक सञ्जय बिककाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सभापतित्व डिग्निटिका निर्देशक संजिव तामाङले गरेका थिए ।

गत फाल्गुन २० गते देखि विराटनगरमा अायाेजना भएकाे उक्त प्रतियाेगितामा देशभरीका ६० भन्दा बढी खेलाडीहरूकाे सहभागीता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्