कस्ले कति खर्च गर्न पाउने स्थानीय चुनावम?

<span class='c1'>कस्ले कति खर्च गर्न</span> <span class='c2'>पाउने स्थानीय चुनावम?</span>

विराटनगर फागुन ३० । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि उम्मेदवारले खर्चन पाउने रकमको सीमा तोकेको छ ।
तोकिएभन्दा बढी खर्च गरेको खुल्न आए विजयी उम्मेदवारको हकमा रद्दसम्मको कारबाही हुनेछ ।

चार महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने छन् । महानगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारको खर्च सीमा ३ लाख रुपैयाँ छ ।

१३ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ५ लाख ५० हजार र वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले २ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।

नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार र वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले २ लाख मात्रै खर्च गर्न पाउनेछन् ।

गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले ३ लाख ५० हजार र वडा अध्यक्ष र सदस्यका उम्मेदवारले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

सीमाभन्दा बढी रकम खर्च गरेको पाइएमा आयोगले कारबाही गर्न सक्नेछ । विजयी उम्मेदवारको चुनावै रद्द पनि हुन सक्छ । –कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्