आईपीएलमा मुम्बईको लगातार चौथो जित

<span class='c1'>आईपीएलमा मुम्बईको लगातार</span> <span class='c2'>चौथो जित</span>

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले लगातार चौथो जित हात पारेको छ ।

मुम्बईले बुधबार भएको खेलमा सन राइजर्स हैदरावादालाई सात विकेटले हराउँदै चौथो जित हात पारेको हो ।

हैदरावादले दिएको १४४ रनको लक्ष्य मुम्बईले २६ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १४६ रन जोड्दै पूरा गर्यो । मुम्बईको जितमा रोहित शर्माले ७० रन जोडे । ४६ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । सूर्यकुमार यादवले १९ बलमा अविजित ४० रनको योगदान गरे । उनले पाँच चौका र दुई छक्का हिर्काए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावाद आठ विकेटको क्षतिमा १४३ रनमा सीमित भएको थियो । १३ रनमा चौथो तथा ३५ रनमा पाँचौँ विकेट गुमाएको हैदरावाका लागि हेन्रिक क्लासेन र अभिनव मनोहरले छैटौँ विकेटका लागि ९९ रनको साझेदार गरेका थिए ।
मुम्बईका लागि ट्रेन्ट बोल्टले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए । उनी प्लेयर अफ द म्याच बने ।दीपक चाहरले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए। मुम्बईको ९ खेलमा १० अङ्क छ । यो जितसँगै मुम्बई इन्डियन्स अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । यसैगरी हैदरावाद ९ खेलमा ४ अङ्क सहित नवौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्