धरानमा दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

<span class='c1'>धरानमा दोस्रो कोशी प्रदेश</span> <span class='c2'>गल्फ प्रतियोगिता हुँदै</span>

विराटनगर : कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ। सुनसरी स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा वैशाख १३ गते दोस्रो संस्करणको कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको हो।

कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी साथै काठमाडौँ , पोखरा र भारतको सिलिगुडीबाट एमेचर,सिनियर,जुनियर र महिला गरेर झन्डै ८० जना खेलाडीको सहभागिता हुने जानकारी दिनुभयो।

प्याकुरेलले प्रतियोगितामा ग्रस एण्ड नेट ,नियरेस्ट टु द पिन ,लङेस्ट ड्राइभ लगायत विधामा खेलाडीहरुको प्रतिस्पर्धा हुने बताउनु भयो।

प्रतियोगितामा विजयी हुने खेलाडीलाई मेडल र ट्रफी प्रदान गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्