आजदेखि स्थानीय तहले काम थाल्दै

<span class='c1'>आजदेखि स्थानीय तहले</span> <span class='c2'>काम थाल्दै</span>

प्रबिन दाहाल

सात सय ४४ स्थानीय तहले आज देखि औपचारिक रुपमा काम थाल्ने भएका छन् । नयाँ संविधान अनुसार सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले आज देखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा सुरु गर्ने भएका हुन् । बिहान साढे १० बजे प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको उद्घाटनसँगै देशैभरका स्थानीय तहले सेवा सुरु गर्ने गरी तयारी गरिएको स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । संविधानले स्थानीय तह, प्रदेश र संघ गरी राज्यलाई तीन तहमा निर्धारण गरेको छ । स्थानीय पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई परिमार्जन गर्दै सरकारले देशभर सात सय ४४ वटा स्थानीय तह निर्धारण गरेको छ । स्थानीय तहले काम थालेसँगै संविधान र संघीयता कार्यान्वनयको एउटा महत्वपूर्ण चरण पूरा हुने छ । यस्तै स्थानीय तह तत्काल सञ्चालनका लागि चाहिने कर्मचारी व्यवस्थापन स्थानीय विकास मन्त्रालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्