विराटनगरमा जारी एमएम कप क्रिकेटमा विजयी हुँदै एपिएफ शिर्ष स्थानमा उक्लियो

<span class='c1'>विराटनगरमा जारी एमएम कप क्रिकेटमा विजयी</span> <span class='c2'>हुँदै एपिएफ शिर्ष स्थानमा उक्लियो</span>

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै शसस्त्रको एपिएफ शिर्ष स्थानमा उक्लिएको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भएको समुह ए अन्तरगत दोस्रो खेलमा एपिएफले वागमती प्रदेशलाई ८ विकेटले पराजित गरि शिर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा एपिएफ आर्मीसँग पराजित भएको थियो । एपिएफले २ खेलमा १ खेलमा जित र १ खेलमा पराजित हुँदै २ अंककासाथ शिर्ष स्थानमा रहेको छ । आर्मीले १ खेलमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ भने वागमतीले पहिलो खेलमा पराजित हुँदै अंक विहिन रहेको छ ।

टस हारेर ब्याटिङ गरेको वागमतीले निर्धारित ५० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई ८० रनको झिनो योगफल खडा गरेको थियो । वागमतीका कप्तान रित गौतमले ३१ रन बनाउँदा विवेक राना मगरले १३ रन र उत्तम थापा मगरले १० रन जोडे । एपिएफका प्लेयर अफ म्याच प्रकाश जैशीले ४ विकेट लिँदा हविशेष गौतमले ३ विकेट र भोजराज भट्टले २ विकेट लिए ।

जवाफमा ८१ रनको झिनो लक्ष्य पछ्याएको एपिएफले ९ दशमलव ४ बलमा ८ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । एफिएपको जितमा दिपक बोहराले ३५ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ४८ रनको योगदान दिँदा सुमित महर्जनले अविजित १८ रनको योगदान दिए । वागमतीका असिम श्रेष्ठले २ विकेट लिए ।

सोमबार समुह 'ए' को अन्तिम लिग खेल आर्मी र वागमतीबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्