बाबुराम भट्टराई आज भारत जादै

<span class='c1'>बाबुराम भट्टराई आज</span> <span class='c2'>भारत जादै</span>

काठमाण्डाैँ, १ चैत ।

नया शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन भारत जाँदै हुनुहुन्छ ।  उहा आज अपरान्ह दिल्ली प्रस्थान गर्ने उहाको नीजी सचिवालयले जनाएको छ । उहाँले इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा १५ मार्चमा सम्बोधन गर्नुहुनेछ । उहाँले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुहुनेछ । यस्तै १९ मार्चमा उहाँ नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यसैगरी उहाँले २० मार्चमा पार्टीको आयोजनामा हुने दिल्लीमा रहेका नेपालीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नुहुनेछ । साथै उहाँले दिल्लीमा रहँदा भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्नुहुनेछ । उहाँ २१ मार्च विहान नेपाल फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्