मोर्चा कार्यकर्तामाथि नेपालगन्जमा प्रहरीले चलायो अश्रृग्याँस र हवाई फायर

<span class='c1'>मोर्चा कार्यकर्तामाथि नेपालगन्जमा प्रहरीले चलायो</span> <span class='c2'>अश्रृग्याँस र हवाई फायर</span>

काठमाण्डौ, चैत्र १

नेकपा एमालको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत नेपालगन्जमा हुन लागेको आमसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ताको भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ। बाँके सदरमुकाम नेपालगन्जको बनना भन्ने ठाउँमा प्रहरीले झडपलाई नियन्त्रण गर्न प्रहरीले अश्रृग्याँस र हवाई फायर गरेको थियो । प्रहरी प्रशासनले भने मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि हवाई फायर गर्नुपरेको जनाएको छ ।

प्रहरीमाथि ढुंगामुढा भएपछि दुई राउन्ड गोली चलेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाइफायर गर्नुपरेको बताए। ‘सुरुमा अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिन खोज्यौं। त्यो सम्भव नभएपछि गोली चलाइएको हो।’

घटनापछि प्रहरीले मोर्चाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहानै खजुरानजिकै मोर्चा कार्यकर्ताले भे १ ख २०४२ नम्वरको बसमा पेट्रोल बम प्रहार गरेका थिए । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुखले अहिले स्थिति नियनत्रणमा आइसकेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्