राष्ट्रिय हक्की प्रतियोगिता : कोशी र गण्डकी प्रदेश विजयी

<span class='c1'>राष्ट्रिय हक्की प्रतियोगिता : कोशी</span> <span class='c2'>र गण्डकी प्रदेश विजयी</span>

काठमाडौं । कोशी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ ।

नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार पुरुषतर्फ कोशीले र महिलामा गण्डकीले जित निकालेका हुन् ।

पुरुषमा गण्डकी प्रदेशमाथि ५–३ गोलअन्तरको जित दर्ता गर्‍यो । कोसीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र सुदीप चौधरीले समान एक गोल गरे । मधेसका रूपेशकुमार राईले दुई र अजयकुमार साहले एक गोल फर्काए । लक्ष्मण प्लेअर अफ दी म्याच पनि भए र उनले दुई हजार नगद पुरस्कार पाए । खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा मधेसले हार सामना गरेको हो ।

समूह ‘ए’ को कोसीले पहिलो खेलमा जित निकाल्दै तीन अंक बटुल्यो । चार टोली रहेको यस समूहमा त्रिभुवन आर्मीले पनि एक जित निकालेको थियो । पुरुषतर्पm लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भैरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेश र कोसी प्रदेश छन् । आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमती छन् । एपिएफ हक्कीमा नयाँ टिम हो । एपिएफले आफ्नो डेब्यु खेलमा बागमती प्रदेशसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।

बिहीबार महिलातर्फ भएको खेलमा गण्डकीले बागमतीलाई २–१ गोलले हराउँदै सुखद सुरुआत गर्‍यो । गण्डकीका मायौरी राई र गीता पुनमगरले समान एक गोल गरे । मायौरी प्लेअर अफ दी म्याच भइन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र बोर्ड सदस्य प्रकाश कुसारीले महिलातर्पm प्रतियोगिताको उद्घाटन गरेका थिए । महिलामा भने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश मात्र सहभागी छन् । यस प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुँदै छ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्