पुलिसलाई एमएम कप क्रिकेट प्रतियोगिताको उपाधि

<span class='c1'>पुलिसलाई एमएम कप</span> <span class='c2'>क्रिकेट प्रतियोगिताको उपाधि</span>

विराटनगर । तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले शानदार प्रदर्शन गर्दै उपाधि हात पारेको छ।

आज(शनिबार) विराटनगरमा सम्पन्न फाइनल खेलमा पुलिसले साविक विजेता त्रिभुवन आर्मीलाई २४ रनले पराजित गर्दै उपाधि जितेको हो ।

लगातार तीन पटक फाइनलमा पुगेको पुलिसले यस पटक पहिलो पटक उपाधि जित्न सफल भएको छ। पुलिस यसअघि दुई पटक एमएम कपको फाइनलमा आर्मीसँग पराजित भएको थियो। पुलिसको यो जितसँगै आर्मीको ह्याट्रिक उपाधि जित्ने सपना अधुरै रह्यो। टस हारेर ब्याटिङ गर्न उत्रिएको पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रन बनायो। पुलिसका लागि अरुण ऐरीले ६४ रन र कप्तान शंकर रानाले ५१ रनको अर्धशतकीय पारी खेले। यसैगरी, श्रवण यादवले ३२ रन र दिपक डुम्रेले ३६ रनको योगदान दिए।

आर्मीतर्फबाट नरेन साउद, दुर्गेश गुप्ता र तुलबहादुर थापाले २–२ विकेट लिए। जवाफी ब्याटिङमा आर्मीले पुलिसले दिएको २४० रनको लक्ष्य पछ्याउँदै ४८ ओभरमा सबै विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो। आर्मीका विकेटकिपर हिमांशु दत्तले ६३ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन्। अन्य ब्याट्सम्यानहरूमा निश्चल क्षेत्रीले ३६ रन, इमरान शेखले २४ रन, नरेन साउदले २१ रन, जितेन्द्र सिंह ठकुरीले २० रन र विशाल सुस्लिङले १८ रनको योगदान दिए। पुलिसका प्लेयर अफ द फाइनल श्रवण यादवले ४ विकेट लिए भने चित्र विष्टले २ विकेट हात पारे।

विजेता पुलिसले ट्रफी र ४ लाख रुपैयाँ नगद प्राप्त गर्‍यो भने उपविजेता आर्मीले २ लाख रुपैयाँ र ट्रफी हात पार्‍यो।
प्रतियोगिताको उत्कृष्ट खेलाडीमा आर्मीका नरेन साउद घोषीत भए । उनले नगद २५ हजार रुपैयाँ हात पारे । उत्कृष्ट ब्याटरमा पुलिसका शंकर राना घोषित भए । उनले नगद १५ हजार पाए । उत्कृष्ट बलरमा कोशी प्रदेशका प्रेम कामत भए । उनले नगद १५ हजार रुपैयाँ पाएका छन् ।
बैशाख १३ गतेदेखि सुरु भएको यस प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब गरी ६ टिमले भाग लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्