जीवन विकास खेलकुद : काेशी र मधेश प्रदेश टिमले जित्याे उपाधि

<span class='c1'>जीवन विकास खेलकुद : काेशी र</span> <span class='c2'>मधेश प्रदेश टिमले जित्याे उपाधि</span>

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पहिलो पटक आयोजना गरेको मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा कोशी प्रदेश र मधेश प्रदेश टिम विजयी भएको छ ।

शुक्रबार र शनिबार जीवन विकास पब्लिक स्कुल परिसरमा आयाेजित मैत्रीपूर्ण खेलकुदमा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा रहेका शाखा कार्यालयका प्रमुखहरु र केन्द्रीय कार्यालयमा रहेका विभागीय प्रमुख र कर्मचारीले टिम बनाएर उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

मैत्रीपूर्ण फुटबल तर्फको उपाधि जीवन विकासको कोशी प्रदेश टिमले जितेको छ । फाइनलमा केन्द्रीय कार्यालयलाई ४–१ गोल अन्तरले पराजित गर्दै कोशी प्रदेश टिमले उपाधि जितेको हो ।

कोशीले मधेश प्रदेश टिमलाई ४–० र केन्द्रीय कार्यालयले बागमती प्रदेश टिमलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । उपाधि जितेको कोशी प्रदेश टिमलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले ट्रफी र मेडल प्रदान गरे । उपविजेता केन्द्रीय कार्यालयकाे टाेलीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले ट्रफी र मेडल प्रदान गरे ।

क्रिकेट तर्फ पनि कोशी प्रदेशले नै उपाधि जितेको छ । जीवन विकासको मधेश प्रदेशको टिमलाई पराजित गर्दै कोशीले क्रिकेटको उपाधि जितेको हो । किक्रेटको विजेता टिमलाई सञ्चालक सदस्य इन्द्रनारायण देव वैश्यले पुरस्कार प्रदान गरे ।

कबड्डी तर्फको उपाधि मधेश प्रदेश टिमले जितेको छ । फाइनलमा कोशी प्रदेशलाई पराजित गर्दै मधेश प्रदेश टिमले उपाधि जितेको हो ।

कोशीले बागमती प्रदेशलाई पराजित गर्दै कबड्डीको फाइनलमा स्थान बनाउँदा मधेश प्रदेशले केन्द्रीय कार्यालयलाई पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको थियो । कबड्डीको बिजेता टोलीलाई सञ्चालक प्रकाशकुमार श्रेष्ठ र श्यामचन्द्र खतिवडाले ट्रफी र मेडल प्रदान गरे । कबड्डी तर्फकाे उपविजेता काेशीकाे टिमलाई सञ्चालक गाेकर्ण खतिवडाले पुरस्कार प्रदान गरे ।

जीवन विकासले आयोजना गरेको म्युजिकल चेयर प्रतियोगितामा अमरदह शाखाकी प्रमुख मनिषा भण्डारी पहिलो भइन् । जीवन विकास कोशी प्रदेश प्रमुख सावित्री श्रेष्ठ म्युजिकल चेयरमा दोस्रो हुँदा सप्तरीको भारदह शाखा प्रमुख शकुन्तला राजवंशी तेस्रो भइन् ।

चम्चा दौड प्रतियोगितामा गिरिराज भण्डारी प्रथम भए । चम्मा दौडमा अनिलकुमार साह दोस्रो र प्रमोद शर्मा तेस्रो भए । सियो धागो दौडमा दिवाकर राजवंशी प्रथम भए । विशन श्रेष्ठ दोस्रो र दिपक राजवंशी तेस्रो भए । बिजयी खेलाडीहरुलाई सञ्चालक सदस्य अशोक सिटौला र डाक्टर बन्दना जैनले पुरस्कार प्रदान गरे ।

३१ जिल्लामा १६० वटा शाखा कार्यालय मार्फत घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले पहिलाे पटक मैत्रीपूर्ण खेलकुद आयाेजना गरेकाे थियाे । कर्मचारीमा आत्मीयता भावना जागृत गराउनका लागि पहिलो पटक प्रतियोगिता आयोजना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए । ‘कर्मचारीबीचमा आत्मीयताको भावना जागृत गराउन र टिम वर्क सुदृढ बनाउने उद्देश्यले हामीले स्पोर्ट्स मिट आयोजना गरेका हौं,’ मण्डलले भने,‘यसले कर्मचारीहरूको मनोबल उच्च बनाउनुका साथै संस्थागत लक्ष्य प्राप्तिमा थप ऊर्जा प्रदान गर्ने हाम्रो विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्