साफ यू–१९ फुटबल प्रतियोगिता खेल्ने राष्ट्रिय यू–१९ पुरुष टोलीलाई विदाई

<span class='c1'>साफ यू–१९ फुटबल प्रतियोगिता खेल्ने</span> <span class='c2'>राष्ट्रिय यू–१९ पुरुष टोलीलाई विदाई</span>

काठमाडौं । अखिल नेपाल फुटबल संघले साफ यू–१९ फुटबल प्रतियोगिता खेल्ने राष्ट्रिय यू–१९ पुरुष टोलीलाई विदाई गरेको छ ।

सोमबार भारतमा मे ९ देखि १८ सम्म हुने प्रतियोगिता खेल्न यू–१९ पुरुष टोलीलाई विदाई गरिएको हो ।

सोही क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले टोलीमा रहेको सबै खेलाडीहरुलाई आफ्नो कौशलता देखाएर आउन शुभकामना दिएका छन् । टिममा उर्जन श्रेष्ठ प्रमुख प्रशिक्षक रहेका छन् । गोलकिपिङ कोचमा सन्जिव जोशी, व्यवस्थापकमा रविन खड्का, सहायक प्रशिक्षकमा विनोद श्रेष्ठ र मंगल महर्जन र फिजियोमा अनिश बुढाथोकी रहेका छन् ।

६ टिम सहभागी यस प्रतियोगितालाई २ समूहमा विभाजन गरी खेलाइने छ । नेपालले समूह ‘बी’ मा रहेर प्रतियोगिता खेल्नेछ । समूह ‘बी’मा नेपालसहित भारत र श्रीलंका रहेका छन् । समूह ‘ए’ मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।
नेपालको साफ यू–१९ खेल्ने टोलीमा गोलकिपरमा भक्त बहादुर परियार, उपेन्द्र ल्वागुङ, विशेष बानिया, डिफेन्डरमा रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का, मिडफिल्डरमा कृष्ण बहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सबिन कुमार लुङ्गेली मगर, रञ्जित लामा, सुवास बम, विजय खड्का र फर्वाडमा पवन पाख्रिन, धरवेन्द्र कुँवर, सुरज ढंगोल र प्रसुन तामाङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्