तीन बालिकाको ट्याक्टरले किचेर मृत्यु

<span class='c1'>तीन बालिकाको ट्याक्टरले</span> <span class='c2'>किचेर मृत्यु</span>

धनुषा, चैत्र ३

सडक छेउमा शौच गर्न गएका तीन बालिकाको ट्याक्टरले किचेर मृत्यु भएको छ ।  मृत्युहुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता साफी र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया साफी रहेका छन् ।

धनुषा गिद्धाबेलापट्टीबाट इँट्टा लिएर आउँदै गरेको ज १ त ३६२२ नम्बरको ट्याक्टरको स्टेरिङ फेल भएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको धनुषका प्रहरी नायब उपरीक्षक मनोज यादवले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक यादवका अनुसार शौच गर्न गएको बेला स्टेरिङ फेल भएर ट््याक्टर सडक छेउमा पल्टिँदा तिनैजना बालिकाको मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ भने यता घटनाको विषयमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्