मोरङबाट सुटुक्क हराउँछन् बालिका : धेरै भेटिन्छन्, नभेटिएका कहाँ छन् ?

<span class='c1'>मोरङबाट सुटुक्क हराउँछन् बालिका : धेरै</span> <span class='c2'>भेटिन्छन्, नभेटिएका कहाँ छन् ?</span>

इन्दु साह
विराटनगर । मोरङमा बालिकाहरु हराएका घटनाहरु धेरै छन् । पछिल्लो वर्षमा केहि कम भएपनि हराएका बालिकाहरु खोज्न अभिभावकले सबै माध्यम अपनाउँछन् । उनीहरुले सार्वजानिक सञ्चारमाध्यम, सामाजिक सञ्जाल, प्रहरी र विभिन्न सामाजिक सरोकार राख्ने कार्यलयसम्म पुगेर खोजतलासका लागि सहयोग माग्छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङको महिला तथा बालबालिका सेलका अनुसार १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालिकाहरु हराएका धेरै घटनाहरु प्रहरीसम्म आउने गरेका छन् । यो उमेरमा हराउने बालिकाहरुमा जोखिम बढी हुन्छ । उमेरका कारण समेत उनीहरुमा हुने विभिन्न जोखिमलाई जोगाउन पनि प्रहरीले बढी चासो राखेर यस्ता उजुरीमा पहल बढी लिने गरेको छ । प्रहरीले लिने पहलमा धेरै बालिकाहरु फेला पर्दछन् भने केहि बालिकाहरु अझैसम्म फेला पर्न सकेका छैनन् ।

मोरङ प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को चैत्र मसान्तसम्म १६२ बालिका हराएको सूचना प्रहरीसम्म आएको छ । हराएका मध्ये १४४ जना भेटिएका छन् । अझै पनि निवेदन परेका १८ जना बालिका भने फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय मोरङ, महिला तथा बालबालिका सेल प्रमुख प्रहरी निरीक्षक रचिता चौधरीका अनुसार उमेर नपुगेका बालिकाहरुलाई प्रेमको नाममा भगाउने गरिएको छ । जसको सामाजिक असर समेत रहेको छ ।

उमेर नपुगी प्रेमको नाममा भगाउने बालिकाहरुको सामाजिक, मानसिक, शारिरीक बढी हुने गर्दछ । प्रहरीमा आर्थिक वर्ष २०८०/२०८१ मा २०२ जना बालिका हराएको घटना दर्ता भएका थिए । यसमध्ये १९८ जना फेला परेका छन् । हराएकामध्ये चारजना बालिका भेटिएको भन्ने सुचना प्रहरीमा छैन ।

प्रहरीले आफैं खोजेर वा अभिभावकमार्फत भेटिए पनि त्यसको रेकर्ड प्रहरीमा हुन्छ । यसैगरी २०७९/२०८० मा २३१ जना बालिका हराएको सुचना प्रहरीमा पुगेको थियो । जसमध्ये २२१ जना भेटिएका थिए । भेटिएकाहरुलाई अभिभावकको जिम्मा लगाएपनि बाँकी कहाँ छन् ? भन्ने यकिन छैन ।

सांकेतिक फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्