विराटनगर । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८२ को अवसरमा सञ्चालन गरेको ‘खुसीको मिटर’ क्याम्पेन अन्तर्गत भाग्यशाली विजेताको घोषणा गरेको छ।
देशभरिका हजारौं सहभागीहरु मध्येबाट, लक्की ड्र मार्फत विराटनगर-१७ का मोसीम आलमले एक लाख नगद पुरस्कार जित्न सफल भएका हुन् ।
उनले १५० सिसी पल्सर मोटरसाइकल खरिद गरेका थिए । हजारौँ मोटरसाइकल खरिदकर्ताले भरेको चिठ्ठा मध्ये एक भाग्यशाली विजेता बन्दै आलमले एक लाख रुपैयाँ नगद पुरस्कार जितेका हुन् ।
उक्त क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एक साथ जोडेको थियो । जस अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु समेत जित्ने अवसर पाएका थिए।
बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो । जसअन्तर्गत सहभागीहरुले घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरु जित्न सफल भएका छन् । ग्राहकहरुले उक्त उपहारहरु प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए ।
कम्पनीका मार्केटिङ हेड अमितराज चालिसेका अनुसार, “‘खुसीको मिटर’ क्याम्पेन केवल प्रचार मात्र नभई, मोटरसाइकल किन्ने अनुभवलाई रमाइलो बनाउन गरिएको प्रयास हो।’, उनले भने, ‘हामी विजेता मोसीम आलमलाई बधाई दिन चाहन्छौं र सबै सहभागीलाई धन्यवाद दिन्छौं।’
विजेता आलमले पनि आफ्नो प्रतिक्रिया दिँदै भने, “सुरुमा त मलाई विश्वासै लागेन। तर पक्का भएपछि अत्यन्त खुसी लाग्यो। बजाज मेरो लागि सधैं विश्वासिलो ब्रान्ड हो। ‘खुसीको मिटर’ अभियानमार्फत यो जित अझ विशेष बन्यो।”
आगामी दिनमा पनि ग्राहकलाई केन्द्रमा राखी यस्ता डिजिटल र इनोभेटिभ अभियानहरू सञ्चालन गरिने कम्पनीले जनाएको छ ।