इन्दु साह
विराटनगर । विराटनगरका टिचिङ अस्पताल तथा नर्सिङ क्याम्पसमा विद्यार्थी खचाखच छन् । तर, उनीहरुको उद्देश्य भनेको पढाईसक्ने अनि विदेशीनु हो । उनीहरुले विदेश गएर नर्सिङ पेशा गर्नुको कारण हो नेपालमा पाईने पारिश्रमिक र सेवा सुविधा । अस्पतालमा एकदेखि तीन जना नर्सले एउटा पुरै वार्डका बिरामी हेर्नुपर्ने हुन्छ । वार्डमा ३० जनासम्म बिरामीहरु हुन्छन् । नर्सिङ गरिरहेकी रन्जना पण्डित भन्छिन् विदेशमा नर्सहरुले ड्युटी गर्दा बिरामीलाई हेर्नु पर्ने संख्या र नेपालमा बिरामी संख्यामै आकाश पातालकै फरक छ । सेवा सुविधादेखि पारिश्रमिकसम्म विदेशमा राम्रो छ उनले भनिन् । सोहि कारण उनको योजना पनि विदेश नै जाने रहेको बताउछिन् ।
उनी मात्र नभएर नर्सिङ क्षेत्रका अधिकांस विद्यार्थीहरुको विदेशीनु रहेको छ । विदेशको आईसीयुमा एक बिरामी हेर्न एक नर्स राखिएको हुन्छ । तर नेपालको हकमा आईसीयुमा भएका ६ जनासम्म बिरामी एक मात्र नर्सले हेर्नु परेको छ । अन्य वार्डमा झन् एक नर्सले १२ देखि १७ जना बिरामीको जिम्मेवारी हुन्छ। विराटनगरका अस्पतालहरुले विभिन्न समय नर्स माग गर्दै आवेदन खुलाई रहेका हुन्छन् । तर आवेदन पूर्ती भने हुने गरेको छैन । अर्का नर्सिङ गरी रहेका विद्यार्थी प्रयाश भट्टराईले समेत पारिश्रमिक नभएकै कारण विदेशीनु परेको बताउछन् ।
विदेश गए घण्टाको हिसाबले तलब पाउने तर नेपालमा यहाँ त्यो सुविधा नभएको बताउछन् । अन्य नर्सहरुको भनाई पनि यस्तै प्रकार रहेको छ। नर्सिङ पेशा यस्तो पेशा हो जहाँ उनीहरुले चाहेर पनि आराम गर्दैन्न । उनीहरुको ड्युटी ६ घण्टाको तर ह्यान्डओभर गर्दासम्म ८ घण्टा वित्छ । ड्यटी समय भरी टुसुक्क बस्न आराम गर्न पाउदैन् । घण्टौंसम्म कामको चापले उनीहरु बिरामी नै पर्छन् तर पनि औषधी खादै भएपनी ड्युटी पुरा गर्नैपर्छ । ड्युटीको समय फेरी बिहान १० देखि बेलुका ५ बजेसम्म हुँदैन । बिहान, दिउँसो र राति गरी तिन सिफ्टमा ड्युटी समय राखिएको हुन्छ । हप्ताभरी ड्युटी सकेर बल्ल एक दिन विदा पाउछन् ।
उनीहरु जबसम्म विस्तारमै सुतिरहने बिरामी हुँदैनन् तबसम्म छुट्टि पनि पाउदैन्न । नर्सले बिरामीलाई जति लगनशीलताका साथ हेरचाह गरे पनि जस नपाईने बताउँछन् । हप्ताभरी ड्युटी गर्दा पनि पाउनु पर्ने विदा आफुले चाहेको बेला विदा बस्न नदिएको गुनासो समेत उनीहरुको रहेको छ। पढाईमा लाखौ खर्चेर पारीश्रमिक भने मासिक १२ देखि २५ हजारमा सिमित रहेको छ । सरकारले सरकारी सरह पारिश्रमिक घोषणा गरेको भएता पनि कार्यान्वयनमा भने आएको देखिएको छैन । यी समस्याका कारण नै नर्सिङ गरेकाहरु विदेशिएको अवस्था छ ।