विराटनगर । नेपाली राष्ट्रिय टिमका क्रिकेटर ललित नारायण राजवंशी चेकसहित सम्मानित भएका छन् ।
मंगलबार विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष सुर्यनारायण महतोले राजवंशीलाई ५० हजार रुपैयाँको चेकसहित सम्मानित गरेका हुन्।
उनलाई वडाका अन्य जनप्रतिनिधि र अगुवा समाजसेवीसहितको उपस्थितिमा सम्मानित गरिएको वडाध्यक्ष महतोले जानकारी दिए ।
ललितले क्रिकेट खेलका माध्यमबाट आफ्नो गाउँ समुदायकै गौरव बढाएका कारण सम्मानित गरिएको उनले जानकारी दिए ।