विराटनगरको एकेडेमी अफ ब्राइट चिल्ड्रेनका विद्यार्थीहरुलाई स्वास्थ्य बिमा

<span class='c1'>विराटनगरको एकेडेमी अफ ब्राइट</span> <span class='c2'>चिल्ड्रेनका विद्यार्थीहरुलाई स्वास्थ्य बिमा</span>

विराटनगर । विराटनगरको एकेडेमी अफ ब्राइट चिल्ड्रेन र ई-सेवा केयर इन्स्योरेन्सबीच विद्यार्थीहरूको स्वास्थ्य बीमा सम्बन्धी एक महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौता अनुसार, विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई प्रति विद्यार्थी २ लाख ३० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा प्रदान गरिनेछ।

विद्यालयका संचालक विवेक दाहाल र ई-सेवाका कोशी प्रदेश प्रमुख प्रनव श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यो पहल विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने विद्यालयको प्रतिबद्धताको एक महत्वपूर्ण कदम हो।

एकेडेमी अफ ब्राइट चिल्ड्रेनले जारी गरेको विज्ञप्तिमा "विद्यार्थीहरूको सुरक्षा र स्वास्थ्य हाम्रो सर्वोच्च प्राथमिकता हो" भनिएको छ। यस योजना अन्तर्गत कुनै पनि स्वास्थ्य सम्बन्धी आपतकालीन अवस्थामा विद्यार्थीहरूलाई थप सहयोग प्रदान गरिनेछ।

यो बीमा योजनाले अभिभावक र विद्यार्थीहरूलाई आकस्मिक स्वास्थ्य समस्याको अवस्थामा आर्थिक सुरक्षा प्रदान गर्नुका साथै विद्यालयको शैक्षिक वातावरणलाई थप सुरक्षित बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्