स्वास्थ्यमन्त्री थापालाई सरकारबाट फिर्ता नबोलाउन भन्दै युवाको खबरदारी

<span class='c1'>स्वास्थ्यमन्त्री थापालाई सरकारबाट फिर्ता</span> <span class='c2'>नबोलाउन भन्दै युवाको खबरदारी</span>

प्रबिन दाहाल

स्वास्थ्यमन्त्री गगन थापालाई सरकारबाट फिर्ता बोलाउन लागेको भन्दै तरुण दलले खबरदारी गरेको छ। मन्त्री थापालाई फिर्ता बोलाउने पार्टीको तयारी रहेको खबरसँगै युवाहरूले तुलसीपुरमा र्‍याली निकालेको तरुण दल दाङका अध्यक्ष टीका घर्तीले बताए। र्‍यालीका सहभागीहरूले ‘गगन थापालाई काम गर्न देऊ’, ‘हाम्रो विश्वास हाम्रो भरोसा गगन थापा’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए। बजारका विभिन्न भागहरुको परिक्रमा गरेको र्‍यालीमा तरुण दल दाङका अध्यक्ष टिका घर्ती ,तरुण दल जिल्ला सह–सचिव ध्रुव आचार्य, नेविसंघका जिल्ला सह–सचिव जितेन्द्र प्रकाश वली, नेविसंघ क्षेत्र नम्वर ४ का कार्यवाहक अध्यक्ष तेजेन्द्र हमाल लगाएत सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्