विराटनगर । विराटनगरमा अब अन्तराष्ट्रिय शिक्षाको सुविधा स्थानीय स्तरमै उपलब्ध भएको छ। करिब २० वर्षदेखि शिक्षा तथा भिसा सेवामा अग्रणी अष्ट्रेलिया-आधारित प्रतिष्ठित संस्था 'फोरनेशन्स इन्टरनेशनल' ले विराटनगरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
पूर्वी नेपालका विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि अब काठमाडौं धाउनु पर्ने बाध्यता हटेको छ। फोरनेशन्स इन्टरनेशनलले पूर्वी नेपालमा विराटनगर, धरान र इटहरी गरी तीन शाखाहरू सञ्चालनमा ल्याएको हो।
विश्वभरका उत्कृष्ट विश्वविद्यालयहरूसँगको सहकार्य, अनुभवी परामर्शदाताहरू, डिजिटल प्रविधिसहितको कक्षा कोठा, र किफायती शुल्कमा गुणस्तरीय तयारी कक्षाहरू सञ्चालन गर्दै आएको यो संस्था अब कोशी प्रदेशका विद्यार्थीहरूका लागि अन्तराष्ट्रिय अध्ययनको सपना साकार पार्ने भरपर्दो माध्यम बनेको छ।
फोरनेशन्स इन्टरनेशनलले अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड, स्पेन, जर्मनी र नेदरल्याण्ड लगायतका देशहरूका विश्वप्रसिद्ध विश्वविद्यालयहरूसँग सहकार्य गरेको छ। यस संस्थाले हालसम्म विश्वभर २० भन्दा बढी कार्यालयहरू स्थापना गरिसकेको छ, जसमध्ये अष्ट्रेलिया, नेपाल, भारत र भियतनाम प्रमुख छन्। नेपालमा मात्रै १० भन्दा बढी शाखाहरू सञ्चालनमा रहेका छन्।
विराटनगर शाखामा दक्ष ,अनुभवी तथा अन्तराष्ट्रिय रूपमा प्रमाणित काउन्सिलरहरूबाट विद्यार्थीहरूले करियर मार्गदर्शन, विश्वविद्यालय भर्ना प्रक्रिया, भिसा कागजात तयारी, यात्रा तथा आवास सहयोग लगायतका सम्पूर्ण सेवाहरू एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्।
फोरनेशन्स इन्टरनेशनलका मुख्य विशेषताहरूमा २० वर्षको सफल अनुभव, अष्ट्रेलिया-आधारित संस्था भएर पनि ५ देशमा उपस्थिति, १०,००० भन्दा बढी विद्यार्थीहरूको सफलता कथा, अनुभवी तथा अन्तराष्ट्रिय रूपमा प्रमाणित काउन्सिलरहरूद्वारा परामर्श सेवा, आईईएलटीएस/पीटीई तयारी कक्षाहरू, डिजिटल प्रविधिसहितका आधुनिक कक्षा कोठाहरू र विश्वस्तरीय विश्वविद्यालयहरूसँगको सहकार्य रहेका छन्।
विराटनगरको हिमालय रोडस्थित नेपाल एसबीआई बैंक भवन (वर्षना कम्प्लेक्स) को दोस्रो तलामा अवस्थित यस शाखाले विशेष अफर स्वरूप आईईएलटीएस/पीटीई तयारी कक्षा मात्र रू. ३,००० मा उपलब्ध गराउनुका साथै एआई स्कोरिङ सहितको पूर्ण पीटीई मोक टेस्ट सेवा निःशुल्क प्रदान गरिरहेको छ।
यसरी फोरनेशन्स इन्टरनेशनलले पूर्वी नेपालका विद्यार्थीहरूलाई अन्तराष्ट्रिय शिक्षाको ढोका उनीहरूकै क्षेत्रमा खोलिदिएको छ, जसले गर्दा विद्यार्थीहरूले थप खर्च र समय बचत गर्नुका साथै गुणस्तरीय शैक्षिक परामर्श प्राप्त गर्न सक्नेछन्।