विराटनगर । पुहँचवालाको घर भित्रै पीडित हुनु परेको भन्दै एकजना सक्षम महिलाले गुनासो गरेकी छिन् । श्रीमानको निधनपछि पाउनु पर्ने अंश अदालतको फैसलापछि दिन नमानेको भन्दै उनले पत्रकार सम्मेलन गरेर गुनासो गरेकी हुन् ।
पीडित महिला डा.निता यादवले ससुरा, सासु र देवरले श्रीमानको नाममा रहेको र पाउनु पर्ने अंश नपाएको बताएकी हुन् । सुनसरीको भोक्राहा नरसिंग गाउँपालिका ३ माइती भएकी उनी विराटनगर–२ का डा.शुसील यादवसँग विवाह भएको थियो । विवाह भएको १४ वर्षपछि श्रीमानको २०८१ सालमा मृत्यु भएको थियो । श्रीमानको मृत्यु पछि उनी एक्लो भईन् । उनले श्रीमानको निधन अगाडी नै अंश माग गर्दै सुनसरी जिल्ला अदालतमा मुद्दा हालेकी थिइन् ।
मोरङको बुढीगंगा गाउँपालिका वडा १ र ३ मा अंश रहेको छ । उनको सासु ससुराले श्रीमानलाई २०५८ मै अंश गरिदिएका थिए । त्यसैले उनले श्रीमान संग मात्र सम्पत्ति माग दावी गरेकी थिन् । तर मुद्दा चलिरहेको समयमै उनको श्रीमानको मृत्यु भएपछि अंश उनको नाममा आउने फैसला भएको थियो ।
ससुरा डा. सितल यादव, सासु परिनीता यादव र देवर सुनिल यादवले डा. निताले अदालतको फैसला बमोजीम पाउनुपर्ने श्रीमानको नामको सम्पत्ति उनको नाममा हुन नदिने प्रयास गरेको आरोप लगाएकी छिन् ।
देवर सुरेश यादव र ससुरा सितल यादवले गाउँपालिकाका कर्मचारीसँग मिलेर विवाद सिर्जना गरिरहेको डा. निताको भनाई छ । मलाई गुन्डाहरू प्रयोग गरी धम्क्याउने, चरित्र हत्या गर्ने, झूठा लाञ्छना लगाउने कार्यहरू भइरहेको छ डा. यादवको भनाइ छ । उनले आफू एकल महिला भएकोले सासु, ससुरा र देवरले दुःख दिएको बताईन् । उनको ससुरा विराटनगर सिटी अस्पतालका संचालक समेत हुन् । बुहारी निताले आफ्नो नाम नामसारी हुन नदिएपनी अदालतको फैसला आफ्नो पक्षमा आएकोले उक्त खेती योग्य जमिन भोगचलन गर्न पाउनु पर्ने बताइन् ।
यता उनको ससुरा सीतल यादव भने यस विषयमा बोल्न चाहेन्न । उनले बारम्बार अस्पतालमै आएर भेट्न आग्रह गरे ।