विराटनगरमा भर्खरै उदाएको मृत्युन्जय ब्याण्ड, एउटा कम्प्लिट म्यूजिकल सपना

<span class='c1'>विराटनगरमा भर्खरै उदाएको मृत्युन्जय ब्याण्ड,</span> <span class='c2'>एउटा कम्प्लिट म्यूजिकल सपना</span>

विराटनगर । सुनसरीको चक्रघट्टीबाट दशवर्ष अगाडी अध्ययनका लागि आएका कृष्ण थापा अहिले भोकलिस्ट एरोज क्षेत्रीको नामले बढी चिनिन्छन् । युवा उमेरका उनी गायनमा रुची राख्थे । गायनमा रुची भएका कारण उनलाई समुहमा काम गर्ने ईच्छा थियो ।
उनले म्यूजिकल ब्याण्ड बनाउने सोच राखिरहेको बेला पाँच वर्ष अगाडी तीनजना साथी जोडे । उस्तै सोच भएपनि उनीहरु आफ्नै कामले बाहिरीए । त्यसपछि एरोजसँग जोडिए एकजना । दुईजना मात्रै भएपछि उनीहरुसँग थप तीनजनाले साथ मिलाए । जब उनीहरु पाँचजनाको समूह भयो, त्यसले एउटा म्यूजिकल ब्याण्डको स्वरुप पायो ।

भोकलिस्ट थिए, एरोज । उनीसँग रिवाज विष्ट ड्रमर, साहिल कटुवाल र सुरज थन्दार गितारिस्ट, गौरव वाना बेसिस्टको टिम बन्यो । यो टिमले पछिल्लो दुईवर्ष आफ्नो समुहमा सांगितीक अभ्यास गर्दै गयो । उनीहरु आफ्ना गीतहरु बनाउनेसँगै यदाकदा निमन्त्रणा हुँदा होटलहरुमा हुने कार्यक्रममा सरिक हुन थाले ।

शहरमा कन्सर्ट कल्चर बढदै थियो । उनीहरुमा संगीतको निखार । शहरका कन्टर्सदेखि होटलहरुमा हुने सांगितीक कार्यक्रम उनीहरुका लागि अवसर बन्दै गए । दुई वर्षसम्मको अभ्यासमा उनीहरुले दश वटा आफ्नै गीत रचना गरे । त्यसमा संगीत भरे ।
समयानुसार गीत–सङ्गीतमा प्राविधिक गुणस्तर पनि चाहिन्छ । उनीहरु यो अवधीमा एउटा गीतको म्यूजिक भिडियो बनाउन सफल पनि भए । त्यहि बीचमा उनीहरुले आफ्नो ब्याण्ड मृत्युन्जय नेपाल बनाए । बाँकी गीतमा संगित भर्ने उनीहरुको ध्यान निरन्तर छ ।
एउटा ब्याण्डमा हुनुपर्ने प्रारम्भिक स्वरुप भोकलिस्ट, गितारिस्ट, ड्रमर र बेसिस्टि भईसकेपछि उनीहरुले आफ्नो समुहलाई दर्शक तथा स्रोतबीच चिनाउने प्रयत्नका बीच पहिलो म्यूजिक भिडियो सार्वजानिक गर्ने तरखरमा पु¥याएका छन् । आगामी जेठ ९ गते मृत्युन्जय नेपाल ब्याण्डको पहिलो प्रस्तुती आजाद पंक्षी प्रिमियर गर्दैछन् ।

मृत्युन्जय नेपाल ब्याण्डले पहिलो म्यूजिक भिडियो युट्युबमार्फत सार्वजानिक गर्ने कार्यक्रम राखेका छन् । त्यहि दिन उनीहरुले त्यहाँ लाइभ म्यूजिक प्रस्तुती समेत दिदैंछन् । जसमा थप दुईवटा ब्याण्डलाई समेत निम्त्याइएको छ । विराटनगरका अनन्तम र बिकल्पले मृत्युन्जय ब्याण्डको निमन्त्रणामा त्यहाँ आफ्नो उपस्थिति र प्रस्तुती दिनेछन् ।

मृत्युन्जय नेपाल ब्याण्डको पहिलोे आजाद पंक्षीमा स्वर भरेका एरोजका अनुसार यो म्यूजिक भिडियोले युवाहरुलाई स्वतन्त्र भई आफ्नो लक्ष्य पछ्याउन प्रेरित गरेको छ । युवा उमेरमा हुने संघर्षलाई दर्शाएको उनी थप्छन् । यद्यपी पहिलो म्यूजिक भिडियो सार्वजानिक गर्ने तरखरमा भएको मृत्युन्जय नेपाल ब्याण्ड विराटनगर बेस बनाएर नेपाली म्यूजिक उद्योगमा नयाँ नामले परिचित हुने संकल्पमा देखिएको छ ।
हरेक कलाकारले आफ्नो सङ्गीत गुणस्तरका साथै निरन्तरतामा पनि ध्यान दिन जरुरी छ । यसमा पपुल्यारिटी, पर्फमेन्स, प्रोडक्सन र पार्टीसिपेसनले सफलतालाई निर्धारण गर्दछ । तर, युवा उमेरमै म्यूजिक ब्याण्ड बनाएर उनीहरुले गरिरहेको प्रयत्न भने प्रशंसा गर्न लायक रहेको उनीहरुलाई जान्ने युवा नोवल श्रेष्ठ बताउँछन् ।

म्यूजिक उद्योगमा ५० का दशमा धेरै ब्याण्डहरु खुलेका थिए । खुलेकामध्ये धेरै ब्याण्डहरु पछि सुस्ताएका पनि थिए । तर, उनीहरुको सुस्तता लामो समयसम्म टिकेन । सुस्ताएका ब्याण्डहरुको पुनरागमन पनि भए ।
यो पुनारागमन पनि मृत्युन्जय नेपाल ब्याण्डका नयाँ प्रयत्नहरुका लागि खुसीको क्षण बनेको हो । यसले उनीहरुलाई निरन्तर म्यूजिकमा लाग्न प्रोत्साहन समेत भरिरहेको छ । मृत्युन्जयका एरोज आफूलाई निरन्तरता दिन नयाँ सिर्जना गर्नु जरुरी हुने सम्झन्छन् । आफ्ना सिर्जनाहरु आफ्नै प्लेटफममा परीक्षण गरेपछि मात्रै आम दर्शक माझ जानुपर्ने बुझाई छ ।

ब्याण्डहरुको कमब्याकसँगै नयाँ ब्याण्डहरु पनि स्थापना गर्नुपर्छ भन्ने सोचले उनीहरुमा केहि आसा त भरेको छ । यद्यपी आफूलाई स्थापित गरिरहन दर्शकको माग र समयअनुसारको सिर्जना गर्न भने उनीहरुलाई जरुरी छ । तर, ड्रमर रिवाज विष्टको बुझाईमा दर्शकसम्म पुग्नु अगावै आफ्नो परीक्षण हुनु जरुरी हुन्छ । दर्शकको मागमा मात्रै सिमित हुने हो भने आफ्नो सिर्जना जाग्न सक्दैन । त्यसको मतलव हुन्छ, अर्काको गीत मात्रै गाएर स्टेजबाट दर्शकको हुनु भन्दा पहिला आफ्ना सिर्जना पनि पस्कन सक्ने क्षमता राख्नुपर्ने उनको मान्यता छ । उनी भन्छन्–ब्याण्ड भनेको समुहमा एकिकृत संगीतको यात्रलााई बढाउने हो, त्यो टिमवर्कले क्रमश ब्याण्डलाई स्थापित गर्दै लैजान्छ ।
एरोजको म्यूजिक ब्याण्ड स्थापना गर्ने सोचलाई सार्थक बनाउन यसको व्यवस्थापन पनि हुन जरुरी हुन्छ । मृत्युन्जय नेपाल ब्याण्डको व्यवस्थापनमा आनन्द चौधरी जोडिएका छन् । एउटा प्रस्तुतीले सार्थकता पाउन सहि व्यवस्थापन पनि उतिकै जरुरी हुने चौधरीको बुझाई छ ।

अब म्यूजिक क्लास अनि स्टुडियो
झण्डै दशवर्षदेखि राखिरहेको सोचले सार्थकता नजिक पुगेपछि मृत्युन्जय ब्याण्डले म्यूजिक सिक्न चाहनेहरुको लागि समेत अवसर सिर्जना गर्न थालेको छ । यदि कसैलाई रुची हुँदा युवाहरुले सुरु गरेको मृत्युन्जय ब्याण्डले प्रशिक्षण दिने उनले सुनाएका छन् । उनको सपना आफ्नै रेकडिङ्ग स्टुडियो खोल्ने पनि । आफ्नै एउटा म्यूजिक भिडियोको गीत रेकर्ड गर्न उनीहरुले उर्लाबारीसम्म धाउनु परेपछि रेकर्डिङ्ग स्टुडियोको आवश्यकता रहेको महसुश गरेका हुन् । ‘प्रारम्भिक चरणको काम सुरु गरेका छौं, कम्तिमा तीन महिनामा आफ्नै स्टुडियोबाट रेकर्ड गर्ने वातावरण बनाउँछौ’ एरोजले भने–एउटा कम्प्लिट प्याकेजको म्यूजिकल ब्याण्डको सपना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्