मेरिल्याण्ड कलेजका कक्षा १२ का विद्यार्थीको विदाई

<span class='c1'>मेरिल्याण्ड कलेजका कक्षा १२</span> <span class='c2'>का विद्यार्थीको विदाई</span>

विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई औपचारिक कार्यक्रम आयोजना गरी विदाई गरेको छ । व्यवस्थापन शिक्षाको क्षेत्रमा उत्कृष्ट कलेजको रूपमा परिचित यस संस्थाले १९ औं ब्याचका ७१३ जना विद्यार्थीहरूलाई शुक्रबार एक भव्य समारोह विच विदाई गरेको हो ।


कार्यक्रममा कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विद्यार्थीहरूलाई उनीहरूको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरे । उनले विद्यार्थीहरूको मेहनत र लगनशीलताको प्रशंसा गर्दै आगामी दिनमा उनीहरूले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरे ।


प्रिन्सिपल ढकालले कलेजले आगामी शैक्षिक सत्रदेखि विज्ञान संकायको पठनपाठन पनि शुरू गर्ने घोषणा गरे । हालसम्म व्यवस्थापन संकायमा मात्र पठनपाठन हुँदै आएको कलेजले अब विज्ञान संकायमा समेत गुणस्तरीय शिक्षा प्रदान गर्ने उनले बताए । नयाँ भर्ना अभियानसँगै विज्ञान संकायको पठनपाठनलाई पनि प्राथमिकतामा राखिने र व्यवस्थापन संकायजस्तै विज्ञान संकायमा पनि विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदान गरिने उनको भनाइ थियो । मेरिल्याण्ड कलेजका प्राध्यापकहरूले विद्यार्थीहरूको सफलताको लागि निरन्तर मेहनत गर्ने प्रतिबद्धता जनाए । उनीहरूले विद्यार्थीहरूको प्रतिभा र क्षमतालाई निखार्न संस्थाले हरसम्भव प्रयास गरेको बताए ।
शिक्षा क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सेवारत मेरिल्याण्ड कलेज विराटनगर क्षेत्रमै व्यवस्थापन शिक्षाको अग्रणी संस्थाको रूपमा परिचित छ । प्रत्येक वर्ष यस संस्थाबाट सयौं विद्यार्थीहरू उच्च शिक्षा हासिल गरी राष्ट्र निर्माणमा योगदान पु¥याउँदै आएका छन् ।


विदाई समारोहमा विद्यालयका अध्यक्ष गुणराज लुईटेल, निर्देशकहरू पिके झा, भेषराज पोखरेल र डा.मनोज गुप्ता लगायतकाको उपस्थिति रहेको थियो । सबै अतिथि वक्ताहरूले विद्यार्थीहरूलाई उनीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना दिँदै आगामी जीवनमा सफलता मिलोस् भन्ने कामना व्यक्त गरे ।
विदाई समारोहमा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । गीत, नृत्य, कविता र विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरूले कार्यक्रमलाई थप रोचक र स्मरणीय बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्