निजी क्षेत्रसँग सरकार सकारत्मक : मन्त्री भण्डारी

<span class='c1'>निजी क्षेत्रसँग सरकार सकारत्मक</span> <span class='c2'>: मन्त्री भण्डारी</span>

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँग सरकार सधैं सकारात्मक रहेको बताउनु भएको छ । मोरङ उद्योग व्यापार संघको ६८ औं वार्षिक साधारणसभालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकार सकारात्मक सहकार्य चाहिरहेको बताउनु भएको हो ।

उहाँले निजी क्षेत्रमा राष्ट्रिय अर्थतन्त्रमा पु¥याउँदै आएको योगदान अतुलनिय रहेको बताउँदै सरकार औद्योगिक वातावरण सिर्जना गर्न हरतरहले प्रत्यनशील रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले औद्योगिक उत्पादन तथा निर्यातको नयाँ युगमा निजी क्षेत्रले पनि आन्तरिक कच्चा प्रशोधन गर्ने उद्योग स्थापनामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले कानुनी, संरचनात्मक तथा प्रक्रियागत झन्झटलाई सहज बनाउने प्रयत्न गरिसकेकोले अब निजी क्षेत्र कुनैपनि हिसाबले हतोत्साहित रहन नहुनेमा जोड दिनुभयो ।

उद्योगी–व्यवसायीसँगको सकारात्मक साझेदारीमार्फत सरकार अर्थतन्त्रलाई चलायमान बनाउन चाहन्छ, मन्त्री भण्डारीले भन्नुभयो–व्यवसायिक हकहित र प्रवद्र्धन प्राथमिकतामा रहेका छन् ।
नेपालकै पहिलो उद्योग वाणिज्य संघको रुपमा स्थापित, मोरङ उद्योग व्यापार संघले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
संघका अध्यक्ष अनुपम राठीले सरकारको सकारात्मक पहलको प्रशंसा गर्नुपर्ने बताउँदै अर्थतन्त्रको अवस्था भनेजति सहज रुपमा सुधार नभएको बताउनुभयो । उहाँले यो वर्षको कुल ग्राहस्थ उत्सादन ४ प्रतिशतले अनुमान गरिएको, सरकारी ऋणमा बृद्धि, विकास खर्च कम र चालु खर्च बढ्दो, व्यापार घाटा १४ खर्ब पुग्नु जस्ता कुराले नकारात्मक सूचकको संकेत गर्ने बताउनु भएको थियो ।

उद्योगीहरुले बिद्युत नियमित आपूर्ति नहुँदा औद्योगिक क्षेत्रले भोग्नु परेको असजिलो अझै कायम रहेको गुनासो समेत गरेका छन् । यसैगरी खुल्ला सीमानाकाबाट हुने अवैध चोरी पैठारी र भारतमा त्यहि वस्तुको जीएसटी १२ प्रतिशत र नेपालमा भ्याटसहित ३० प्रतिशत महशुल बुझाउनु पर्ने स्थितिले व्यापार फस्टाउन नसकेको गुनासो गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्