आईपीएल आजदेखि पुन: सुरु हुँदै

<span class='c1'>आईपीएल आजदेखि पुन:</span> <span class='c2'>सुरु हुँदै</span>

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजदेखि पुन: सुरु हुँदैछ ।

भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो । जारी आईपीएल मे ८ देखि रोकिएको थियो ।

आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैंगलुरुमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ।
दुई देशबीच विवाद बढेपछि मे ८ मा धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल पूरा नहुँदै रोकिएको थियो । आईपीएलका बाँकी खेलहरू बैंगलुरु, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्