विराटनगर । विराटनगरमा शनिबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ नेपाल आयल निगमको कार्यालयनजिक प्रदेश १–०२–०५० प ९७९६ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालले जानकारी दिए। उनका अनुसार खार्जीबाट कञ्चनबारीतर्फ आउँदै गरेको स्कुटर दुर्घटना हुँदा चालक विराटनगर–६ का अन्दाजी ५५ वर्षीय मोहमद अब्दुल कलामको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका कलामलाई उपचारका क्रममा नोबेल शिक्षण अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । स्कुटर प्रहरी चौकी बरगाछीको नियन्त्रणमा रहेको छ ।
स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।