विराटनगर । विराटनगरमा टिभिएस मोटरसाइकलले आफ्ना ग्राहकहरूको सुविधाका लागि विभिन्न अफरहरू सहित ‘एक्सचेन्ज मेनिया’ कार्यक्रम आजदेखि सञ्चालनमा ल्याएको छ ।
कार्यक्रम आजदेखि सुरु भएर जेठ ९ गतेसम्म विराटनगरको मुनालपथस्थित पंजाबी पेट्रोल पम्प अगाडि सञ्चालन ल्याएको हो ।
टिभिएसको विराटनगरस्थित आधिकारिक बिक्रेता केशरीचन्द भवरलालले आयोजना गरेको शोरुम म्यानेजर गोविन्द पोख्रेलले जानकारी दिए ।
ग्राहकहरूलाई यस अवसरको भरपूर लाभ उठाउन पोख्रेलले आग्रह गरे । एक्सचेन्ज अफर अन्तर्गत ग्राहकले गुडे पनि नगुडेपनी पुरानो बाइक वा स्कुटरको अधिकतम ३० हजार रुपैयाँसम्मको मूल्यांकन पाउनेछन् । साथै आकर्षक फाइनान्सिङ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमा १८ महिनासम्म किस्ताबन्दीमा सवारी खरिद गर्न सकिने जनाएको छ । जसमा ईएमआईको फ्रि सुविधा पनि उपलब्ध छ । त्यसका अतिरिक्त २ वर्षको निःशुल्क सर्भिस तथा स्पेयर पाट्र्स योजना र थप १० हजारसम्मको भ्यालु एडिशन स्किम समेत उपलब्ध गराइने पोखरेलको भनाई छ । विराटनगर–३ निवासी प्रवेश मैनालीले आफ्नो स्कुटर साटेर बाईक लिन आएका थिए । उनले टिभिआएसको नयाँ एडिसनको बाईक खरीद गरेका छन् । अन्य स्थानको तुलनामा यो एक्सचेन्ज अफरले राम्रो मूल्यांकन दिने भएकाले आकर्षक रहेको उनको बताए।