विराटनगरको एचिभार्स कन्सल्टेन्सीद्वारा विद्यार्थीहरूका लागि विशेष सिनेमा शो र छात्रवृत्ति अवसर

<span class='c1'>विराटनगरको एचिभार्स कन्सल्टेन्सीद्वारा विद्यार्थीहरूका लागि विशेष</span> <span class='c2'>सिनेमा शो र छात्रवृत्ति अवसर</span>

विराटनगर । विराटनगरमा रहेको एचिभार्स कन्सल्टेन्सी सर्भिसेज नेपालले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूको तनाव कम गर्न तथा उनीहरूलाई फ्रेश गराउन उदेश्यले सिटी सिनेमा विशेष सिनेमा शोको आयोजना गरेको छ।

शनिबार बिहान ९ बजेदेखि सुरु भएको दिउसो २ बजेसम्म जम्मा तीन वटा मुभी शो चलेको थियो। उक्त कार्यक्रममा करिब ४७२ जना भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाई सिनेमा हेर्ने अवसर प्राप्त गरेका थिए। विद्यार्थीहरूको परीक्षापछिको मानसिक तनाव कम गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको एचिभार्स कन्सल्टेन्सी सर्भिसेज नेपालका संचालक सुनिल जैसवालले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी भएका र दर्ता गरेका विद्यार्थीहरूले छात्रवृत्तिको अवसर पनि प्राप्त गर्नेछन्। लक्की ड्र मार्फत छनोट गरिने विद्यार्थीहरू मध्ये पाँच जना विद्यार्थीहरूले निःशुल्क IELTS कक्षा अध्ययन गर्न पाउनेछन्। त्यस्तै, दुई जना विद्यार्थीहरूले मेडिकल वा इञ्जिनियरिङ तयारी कक्षा निःशुल्क अध्ययन गर्न पाउने एचिभार्स कन्सल्टेन्सी सर्भिसेज नेपालले जनाएको छ। साथै, एक जना भाग्यशाली विद्यार्थीले भारतको विश्वविद्यालयमा अध्ययन गर्न इच्छुक भएमा ५० प्रतिशत छुट सहितको छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन्।

विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गर्दै शैक्षिक अवसरको पनि प्रोत्साहन दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको संचालक जैसवालले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्