प्रबिन दाहाल
गुललियाका दामोदरप्रसाद अधिकारीले शहीद गोविन्द गौतमका परिवारलाई १२ धुर जग्गा प्रदान गरेका छन । कञ्चनपुरमा भारतीय एसएसबीको गोली लागेर ज्यान गुमाएका गौतमको परिवारलाई नेपाली सेनाका पूर्व सुवेदार अधिकारीले नगद र जग्गा सहयोग गरेका हुन । देशका लागि ज्यान अर्पण गर्ने सहिदका परिवारको सम्मानार्थ थोरै भए पनि आफूले पाउने निवृत्तिभरबापतको एक महिनाको तलब १५ हजार रुपैयाँ र जग्गा प्रदान गरिएको अधिकारीले बताए । बाइसेविचवा गाविस–९ स्थित लालझाडी बजारमा रहेको सिटी प्लानिङमा दर्ता रहेको कित्ता नं ६५९ मध्येबाट १७५ वर्ग मिटर ९१२ धुर जग्गा दिइएको हो । प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापालाई जग्गाको लालपुर्जा र हस्तान्तरण गरे ।