झापा ११ का कर्ण लिम्बु राष्ट्रिय फुटबल टोलीमा

<span class='c1'>झापा ११ का कर्ण</span> <span class='c2'>लिम्बु राष्ट्रिय फुटबल टोलीमा</span>

विराटनगर

घरेलु प्रतियोगितामा निरन्तर गोल गर्दै आएका झापा ११ का ३२ वर्षीय कर्ण लिम्बु तीन वर्षपछि राष्ट्रिय टिममा फर्किएका हुन् । उनलाई २५ मार्च, २०१४ मा दोहामा यमनसँग २–० ले हारेको मैत्रीपूर्ण खेलमा प्रशिक्षक राजुकाजी शाक्यले अनिलको स्थानमा अन्तिम १५ मिनेट खेलाएका थिए । उनको राष्ट्रिय टिमसँग मैदानमा खेलेको अनुभव त्यही मात्र हो ।

झापा ११ का यी फरवार्ड त्यसअघि–पछि अन्तिम छनोटबाट बाहिरिँदै आएका थिए । ‘धेरै मिहिनेत गरेपछि फेरि टिममा स्थान पाएको छु । यो अवसरमा आफूलाई प्रमाणित गर्ने प्रयास गर्नेछु,’ ३२ वर्षीय कर्णले भने। फरवार्ड नवयुग श्रेष्ठ घाइते भएपछि राष्ट्रिय टिममा उनको पुनरागमन सहज भएको थियो ।
मुख्य प्रशिक्षक कोजीले २० सदस्यीय टिम घोषणा गरेका हुन् । एसियन कप छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग मनिलामा २८ मार्चमा प्रतिस्पर्धा गर्नेछ । समूह ‘एफ’ मा रहेको नेपाल, फिलिपिन्स, ताजिकिस्तान र यमनले ‘होम एन्ड अवे’ का आधारमा खेल्नेछन् ।

नेपाली टिम
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्स : रबिन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की
मिफिल्डर : रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ
फरवार्ड : विमल घर्तीमगर, भरत खवास, रन्जन विष्ट, कर्ण लिम्बू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्