९४६ केजी गाँजा समातेका पराजुली बने सर्वोत्कृष्ट प्रहरी

<span class='c1'>९४६ केजी गाँजा समातेका</span> <span class='c2'>पराजुली बने सर्वोत्कृष्ट प्रहरी</span>

विराटनगर । ९ सय ४६ किलोग्राम ९३८ बोरा गाँजासहित ट्रक र त्यसमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिने कार्यको नेतृत्व गरेका प्रहरी सहायक निरीक्षक रुद्र बहादुर पराजुलीलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले वैशाख महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’घोषित गरेको छ ।

पराजुली धनकुटाको इलाका प्रहरी कार्यालय राजारानीमा कार्यरत छन् । गत वैशाख १५ गते चौबिसे गाउँपालिका ५ बोधेस्थित अस्थायी प्रहरी बिट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको संयुक्त प्रहरी टोलीले ना.५ ख ६१५७ नम्बरको ट्रकमा लोड गरिएको ठूलो मात्रामा गाँजा बरामद गरेको थियो।

ट्रकमा रहेका व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाइएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार, पराजुलीले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, इमानदारी र साहससाथ आफ्नो कर्तव्य निर्वाह गरेका छन् । यसले प्रहरी संगठनप्रति जनविश्वास थप मजबुत बनाएको जनाइएको छ । प्रहरी संगठनले यस्ता उत्कृष्ट कार्य सम्पादन गर्ने सुरक्षाकर्मीलाई हौसला र प्रेरणा दिनका लागि ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्