सुनसरीमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन गोली चल्यो, एक जना घाइते

<span class='c1'>सुनसरीमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन</span> <span class='c2'>गोली चल्यो, एक जना घाइते</span>

विराटनगर । सुनसरीको बराहक्षेत्रमा गाँजा कारोबारी नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको छ ।

आज(शनिबार) बेलुका करिब ८ बजे बराहक्षेत्र नगरपालिका–३ मा कालिन्द्र सामुदायिक वन क्षेत्रमा प्रहरीले ३ राउण्ड गोली चलाएको हो ।

गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली बराहक्षेत्र नगरपालिका – ३ का ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएका हुन् । उनको दाहिने तिघ्रामा गोली लागेको छ । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । शंकास्पद बोरा बोकेर हिडिरहेकाहरुलाई प्रहरीले रोक्न खोज्दा लिम्बूले खुकुरी प्रहार गर्न खोजेका थिए । अन्य भने बोरा छाडेर भागेका थिएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाएको सुनसरी प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्