भोजपुर टुँडिखेलमा साकेला सिली नाच्दै सकियो उभौली पर्व

<span class='c1'>भोजपुर टुँडिखेलमा साकेला सिली</span> <span class='c2'>नाच्दै सकियो उभौली पर्व</span>

टक्सार (भोजपुर) । किरात समुदायको पर्व साकेला उभौली विधिवत् रूपमा समापन गरिएको छ । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिक रूपमा पर्व समापन गरिएको हो ।

आज आयोजना गरिएको बृहत् साकेला सिली प्रदर्शनीमा उल्लेखनीय सङ्ख्यामा स्थानीयको सहभागिता थियो । साकेला उभौलीको अवसरमा किरात समुदायले ‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपद् नआओस्, शुभ होस्’ भन्ने कामना गर्दै भूमि, अन्नको पूजाआजा गरेर साकेला उभौली मनाउने गरेका छन् ।

साकेलाको अवसरमा परम्परागत भेषभूषामा सजिएका किरात समुदायका युवायुवती गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर नाच्ने प्रचलन छ । साकेला थान तथा चुलामा विधिवत् पूजाआजा गरेपछि उभौली पर्व सुरु हुन्छ भने साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्ने गरिन्छ ।

अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमादेखि उभौली र अन्नबाली उठाउने बेला मङ्सिर पूर्णिमादेखि साकेला उधौलीपर्व मनाउने गरिएको किरात राई यायोख्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम राख्न पनि यस्ता पर्वहरू महत्त्वपूर्ण मानिन्छन् ।”

साकेला भोजपुरसहित खोटाङ, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत जिल्लामा मनाउने गरिन्छ । बालबालिकादेखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला सिलीले आपसमा सामूहिक भावनासमेत प्रदर्शन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्