विराटनगर महानगर : योजना छनौटमा बाल क्लब, महिला सशक्तीकरण र ज्येष्ठ नागरिक सम्मान

<span class='c1'>विराटनगर महानगर : योजना छनौटमा बाल क्लब,</span> <span class='c2'>महिला सशक्तीकरण र ज्येष्ठ नागरिक सम्मान</span>

विराटनगर । विराटनगर महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा बालबालिका सम्मिलित बाल क्लबलाई समेत सहभागि गराउने गरेको छ । स्थानीय सरकार नागरिकसँग जोडिएका कारण महिला बालबालिका तथा समाजकल्याण शाखा अन्तर्गत बाल क्लबलाई योजना छनौटमा समावेश गर्ने गरेको हो ।

नगर बाल क्लब सञ्जाल विराटनगरका अध्यक्ष अमित मण्डलले महानगरपालिकाले बालबालिकाको सहभागितामा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको बताए । उनले महानगरका प्रमुख र उपप्रमुखले बालक्लवका समस्या नजिकबाट बुझ्ने गरेको बताए । बालबालिकाका मुद्दा सम्बोधन गर्न नीति तथा कार्यक्रम र बजेट योजना छनौटमा वडातहबाटै सहभागिता जनाउन पाउने गरेको बताए । उनले प्रमुख र उपप्रमुखसँग बालबालिका कार्यक्रमले समस्या जानकारी गराउन सहज भएको उनको भनाई छ ।

नगरका १२५ विद्यालयमा बाल क्लब
बालबालिकालाई विकास संरक्षण र सहभागिताको विषयमा प्रत्याभूत संविधानले नै गरेको छ । स्थानीय सरकारले बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता राख्दै आएको महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की बताउँछिन् । उनका अनुसार विद्यालय, वडा र विद्यालयस्तरमा बाल क्लब सञ्जाल गठन गर्ने र उनीहरुलाई दैनिक कार्य सञ्चालन गर्न सक्षम बनाउने कार्य गर्दै आएको हो । जसअन्तर्गत विद्यालय बाल क्लब गठन हालसम्म १२५ वटा गरिसकिएको छ । अध्ययनरत विद्यालयमा बालबालिका र शिक्षकसहितको सहभागितामा कक्षा ८, ९ र १० कक्षामा अध्ययनरत बालबालिका सहभागि गराएर ११ सदस्यीय समिति गठन गरिएको हो ।

विद्यालय बाल क्लब, वडा बाल क्लब गठन गरिसकेपछि नगर बाल सञ्जाल गठन गरिन्छ । जसमा वडा बाल क्लबमा रहेका प्रतिनिधिहरुलाई सहभागि गराएर नगर बाल क्लब बनेपछि नियमित बैठक तथा छलफलमा सहभागि गराउने गरिएको हो । बाल क्लबले महानगरपालिकाका प्रमुख र उपप्रमुखसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने उनीहरुले आफ्ना गुनासोहरु त्यहाँ राख्ने गरेका छन् । महानगरपालिकाले चालु आर्थिक वर्षमा दशवटा विद्यालयका १४० छात्रछात्रा सहभागि गराएर दुई वटा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न नगर बाल क्लबलाई जिम्मेवारी दिइएको थियो । नगर बालमैत्री स्थानीय शासनसँग सम्बन्धी कार्यक्रम, बालबालिकाको विषयमा सरोकारवालासँग समन्वय बैठक समेत आयोजना गरिदैं आएको हो ।

यसैगरी विराटनगर महानगरपालिकाले बाल उद्यान तथा बालमैत्री अध्ययन केन्द्रको रुपमा विराटनगर १ मा बाल उद्यान केन्द्र निर्माण गरिरहेको छ । यो नेपालमै पहिलो अभ्यास भएको दावी गरिएको छ । यसैगरी बालबालिकालाई विभिन्न परियोजनामा सहभागिता गराउने कार्य अन्तर्गत क्षुद्रग्रह खोजी अभियान, वाटर रकेट प्रतियोगिता तथा टेलिस्कोप निर्माण तालिमको अवसर दिने प्रदान गरिएको महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख मन्जु लोहनी जानकारी दिएकी छिन् ।

महिला सशक्तिकरण, किशोरी आत्मरक्षा
शाखाको क्षेत्र भित्र बालबालिका, महिला, अपाङगता भएका नागरिक र ज्येष्ठ नागरिक पर्दछन् । नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन तथा दिगोविकास लक्ष्यको मर्मलाई साकार पार्ने उद्देश्यसहित महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका हक अधिकारका कार्यमा विशेष जोड दिइएको लोहनीको दावी छ ।

समुदायस्तरमा आर्थिक तथा सामाजिक रुपले पछाडी परेका र पारिएका विपन्न महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणमा महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । महिला हिंसा विरुद्धको १६ दिन अभियान र अन्तराष्ट्रिय महिला दिवस जस्ता कार्यक्रमको औपचारिकता मात्रै नभई यसलाई सन्देशमुलक बनाउने गरिएको छ । त्यस बाहेक महानगरपालिकाले महिलामा दिगो निर्भरता लक्षित कार्यक्रम किशोरीहरुलाई आत्मरक्षा तालिम, लैङ्गिक परीक्षण, मानव बेचबिखन, लागुऔषध सेवन न्युनीकरण, दाइजो प्रथा अन्त्य, बालविवाह न्युनीकरणमा महिला सचेतनाका कार्यक्रम आयोजना गर्दै आएको छ । यसैगरी लैङ्गिक मानवता नीति निर्माण जस्ता कार्य समेत यस अवधीमा सम्पन्न गरेको छ ।

महानगरपालिकाले १० वर्षदेखि १९ वर्ष उमेर समुहका किशोरीहरुलाई आत्मरक्षा तालिममा सहभागि गराएको छ । विराटनगरमा चालु आर्थिक वर्षमा पाँच वटा यस्ता तालिम आयोजना गरी किशोरीहरुलाई सामाजिक र मनोवैज्ञानिक सशक्तिकरण गरिएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल अगुवा महिला तथा एबीसी नेपाल कोशी प्रदेश अध्यक्ष बिष्णु शर्मा पन्तले महिला सशक्तिकरणमा महानगरपालिकाले सकारात्मक पहल लिईरहेको बताइन् । उनले महिलाको क्षेत्रमा नीति तथा कार्यक्रम निर्माणदेखि बजेट व्यवस्थापनमा सहजीकरण भईरहेको बताइन् । चालु आर्थिक वर्षमा हिंसामा परेका महिलाहरुलाई बिउ पुँजी उपलब्ध गराउने, परिवार मिलन गराउने र घरेलु हिंसा न्युनीकरणमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर सकारात्मक प्रभाव छोडेको बताइन् ।

ज्येष्ठ नागरिकसँग अन्तरपुस्ता ज्ञान हस्तान्तरण
महानगरपालिकाले ज्येष्ठको सम्मानमा सबैको जिम्मेवारी बहन गराउन अन्तरपुस्ता ज्ञान र सीप हस्तान्तरण कार्यक्रम गर्दै आएको छ । ज्येष्ठ नागरिकप्रति गरिने व्यवहार सुधार्न यो कार्यक्रमलाई प्राथमिकतामा राखेको हो । ज्येष्ठ नागरिक विगतका पौरख र वर्तमानका सम्पदा हुन् भन्ने सन्देश दिन महानगरपालिकाले विभिन्न कार्यक्रममार्फत उनीहरुलाई अभिभावकत्व प्रदान गर्दै आएको हो । ज्येष्ठ नागरिकको अधिकार र उनीहरुलाई एक्लोपन महसुश गर्न नदिन विभिन्न सेवाकेन्द्रहरु स्थापना गरेर त्यहाँ जमघट गराउने, तिर्थाटनमा पठाउने, उनीहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, सामाजिक सुरक्षा भत्ता वापत पाउने रकम सहज रुपमा उपलब्ध गराउने कुरालाई महानगरपालिकाले कार्यक्रममा राखेर आफ्नो कार्य गर्दै आएको जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्