विराटनगरमा विकास निर्माणमा अन्तर सरकारी समन्वय अभाव, टेलिकम मोरङले बिद्युत प्राधिकरणलाई हाल्यो मुद्दा

<span class='c1'>विराटनगरमा विकास निर्माणमा अन्तर सरकारी समन्वय अभाव,</span> <span class='c2'>टेलिकम मोरङले बिद्युत प्राधिकरणलाई हाल्यो मुद्दा</span>

विराटनगर । विराटनगर आँखा अस्पताल अगाडीको सडक निर्माणको काम महानगरपालिकाले गरिरहेको छ । बहुवर्षे योजना अनुरुप यो सडक गतवर्षदेखि नै निर्माण भईरहेको छ । निर्माणमा ढिलाई भएको भन्दै स्थानीयले महानगरपालिकाको विरोध गर्दै आएका छन् । अलिअलि पानी पर्दा हिलाम्य हुने सडक निर्माणको म्याद गत बैशाख ३० गते नै सकिएको थियो । तर, सडक निर्माण क्षेत्रका बिद्युतका पोल सार्न प्राधिकरणले ढिलाई गरिएदिएपछि म्याद भित्र काम सकिएन । महानगरपालिकाले उक्त सडक निर्माणको म्याद थप गरेर आगामी मंसिरसम्म पु¥याएको छ ।

विराटनगर महानगरपालिकाका शहरी विकास पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापाले सडक क्षेत्रका बिद्युत पोल सार्न ढिला हुँदा निर्माण समयमै नसकिएको बताए । महानगरपालिका र विद्युत प्राधिकरणबीचको कमजोर समन्वयले योजना निर्माणमा असर गर्दा स्थानीयले भने सास्ती बेहोर्नु परेको छ । तीन करोडको लागतमा निर्माण भईरहेको आँखा अस्पताल सडकमा बिद्युतले पोल उखालेर जताततै राख्दा आवतजावतमा समेत समस्या परेको थियो । तर, प्राधिकरणले उक्त बिद्युतका पोल अहिले उठाएको दावी गरिएको छ ।

यहि रोडमा महानगरपालिकासँग मात्रै नभई प्राधिकरण र नेपाल टेलिकमबीचको समन्वय अभाव हुँदा सिर्जना भएको विवाद जिल्ला प्रशासन कार्यालय र मोरङ प्रहरीमा पुगेको छ । बिद्युतका पोल सार्ने ठेकेदारले नेपाल टेलिकमसँग समन्वय नगर्दा समस्या उत्पन्न भएको हो । बिद्युत पोल सार्ने क्रममा टेलिकमको तार काटिएपछि क्षतिपूर्ति भराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीमा प्राधिकरण विरुद्ध उजुरी हालिएको हो ।

नेपाल टेलिकमले एक लाख ४२ हजार ५४८ रुपैँया क्षति माग गर्दै नेपाल बिद्युत प्राधिकरण विरुद्ध उजुरी दिएको हो । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोज शरणले टेलिकमले क्षतिपूर्ति माग गर्दै हालेको उजुरी उपल दुई सरकारी कार्यालयबीच छलफल भईरहेको बताए । जिल्ला प्रशासन कार्यालय र मोरङ प्रहरीमा समेत हालेको उजुरी टेलिकमले फिर्ता लिएको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार उजुरीउपर दुई कार्यालयका प्रतिनिधिबीच एक चरणको छलफल प्रहरीमा गराइएको छ । त्यसपछि सरकारी निकायबीचको कुरा दुवै कार्यालयका प्रतिनिधिले टुङ्गाउनु भनेर पठाइएको छ ।
टेलिकमले तार काटिएको भन्दै त्यसको क्षतिपूर्ति माग गर्दै उजुरी दिएपछि प्राधिकरणले छलफलमा बोलाउँदा अहिलेसम्म आएको छैन । तर, विकास निर्माणका काममा अन्तर सरकारी निकायबीच देखिएको समन्वय अभावले निर्माणमा उल्झन बढाउने गरेको देखिन्छ ।

यसैगरी विराटनगर ३ कन्चनबारी राजबंशी टोलमा नाला निर्माणको काम महानगरपालिकाले ठेक्कामार्फत गराईरहेको छ । पुरानो नाला जीर्ण भएपछि पानीको निकासका लागि नयाँ नाला निर्माण कार्य भईरहेको छ । तर, पुरानो नालामा बिद्युतको पोल छ । त्यसलाई हटाउन प्राधिकरणले महानगरपालिकाको पत्र चाहिने भनेपछि शहरी विकास र तथा पूर्वाधार महाशाखाको प्रशासनमा एकजना स्थानीय पुगे । त्यहाँ प्रमोद पोखरेलसँग विवरण उल्लेखित पत्र बनाईदिन आग्रह गरेपछि उनले सम्बन्धित फिल्डको प्राविधिक चाहिने जवाफ दिए । जवाफ अनुसार योजना प्रमुख अर्जुन थापासँग सेवाग्राही गुनासो राखे । त्यस अनुसार थापाले सम्बन्धित फिल्डको फायल झिकाएर योजना प्रशासन पोखरेल भए ठाउँमा पठाए । तर, पोखरेलले योजनाको फायल आउँदा समेत सम्बन्धित फिल्डको इन्जिनियर आवश्यक पर्ने जवाफ दिएर दुईघण्टासम्म अड्काए । अन्तर सरकारी मात्रै नभई आन्तरिक कार्यालयबीच समेत कुनै काम लिएर जाँदा विभिन्न वहाना देखाएर टार्ने प्रवृत्तिले समेत काममा ढिलासुस्ती हुने गरेको यो अर्को उदाहरण हो ।

यस्तै अर्को खानेपानी संस्थानको पाइप सडकमा फुटेर स्थानीयले बारम्बार गुनासो गर्दछन् । पानीको पाइप फुटेपछि बाहिरको फोहोर पाइपमार्फत नागरिकका घरमा पुग्छ । त्यसले मानव स्वास्थ्यमा पार्ने असरलाई ख्याल हतपत हुँदैन । संस्थानका प्रमुख र वितरण प्रमुखबीच कामको समन्वय नहुँदा फिल्डमा समस्या भईरहेको गुनासो कर्मचारीले गर्ने गरेका छन् । संस्थानका प्रमुख सन्तोष रौनियारले पानी वितरण प्रमुखलाई काममा सहजीकरण नगरेको गुनासो गरेका छन् । संस्थान र विराटनगर महानगरपालिकाबीच समेत निर्माण समन्वय अभाव हुँदै आएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्