इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र लिभरपूलको बराबरी

<span class='c1'>इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर</span> <span class='c2'>सिटी र लिभरपूलको बराबरी</span>

काठमाडौं चैत ७, इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र लिभरपूलले बराबरी खेलेका छन्। गएराति घरेलु मैदानमा सम्पन्न खेलमा १-१ को बराबरी खेलेपछि सिटी लिभरपूलसँग अंक बाँढ्न बाध्य भयो। यसक्रममा सिटीकै पूर्व खेलाडी जेम्स मिल्नरले पेनाल्टी गोल गरे। सिटीका लागि भने सर्जियो एग्युरोले बललाई जाली चुमाए। बराबरीपछि अंक तालिकामा सिटी तेस्रो र लिभरपुल चौँथो स्थानमा कायम छन्। दोस्रो स्थानको टोटनह्यामले भने साउथम्पटनलाई २-१ ले पराजित गरेको छ। उसको जितमा क्रस्टियन इरिक्सन र डेली अलीले १-१ गोल गरे। यससँगै अंकतालिकामा लिग लिडर चेल्सीको ६९ अंक छ। दोस्रो स्थानको टोटनह्यामले ५९, तेस्रो स्थानको सिटीले ५७ र एक खेल बढी खेलेको लिभरपूलले ५६ अंक जोडेका छन्। म्यान्चेस्टर युनाइटेड ५२ अंकसहित पाँचौं र ५० अंक जोडेको आर्सनल छैटौँ स्थानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्