राजावादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता

<span class='c1'>राजावादी समूहले घोषणा गरेको</span> <span class='c2'>उपत्यका बन्द फिर्ता</span>

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले आह्वान गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिइएको छ ।

समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा भइसकेको भन्दै बन्दको कार्यक्रम फिर्ता लिइएको बताए ।

आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेपछि समितिले बन्दको घोषणा गरेको थियो । यसअघि हिजो नारायण चौरमा आयोजित कार्यक्रमस्थलबाट प्रहरीले हस्तक्षेप गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा लगायत केही नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । कमल थापालाई भेट्न काठमाडौं प्रहरी परिस पुगेका राप्रपाका सांसद तथा नेता दीपकबहादुर सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेता तथा कार्यकर्ता पक्राउ परेपछि संयुक्त जनआन्दोलन समितिले आन्दोलनलाई थप चर्काउने र उपत्यका बन्द गर्ने घोषणा गरेको थियो ।
तर, पक्राउ परेका कुल आठ जनामध्ये कमल थापा र दीपकबहादुर सिंहसहित सात जनालाई भने अबेर साँझ रिहा गरिएको थियो । आफ्ना नेता तथा कार्यकर्ता रिहा भएपछि समितिले बन्दको कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्