विराटनगर । नक्कली नोटसहित झापा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । तेह्रथुम ओयाक्जुङ गाउँपालिका ५ बस्ने २८ वर्षिय गणेश भारती रंगिन प्रिन्ट गरिएको नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आईतबार साँझ मेचिनगर नगरपालिका ६ काँकरभिट्टा स्थित रहेको नेपाल बैंक अगाडि भारती शंकास्पद तरिकाले हिडडुल गरिरहेको अवस्थामा देखेपछी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई चेकजाँच गर्दा उनको साथबाट नेपाली नोट १ हजार को जस्तो देखिने बुङलाई रवरले बाँधेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त फेला परेको नक्कली नोट गन्ती गर्दा नोट नम्बर रु ३१, ८६६५७ बनोट बरामद गरेको छ । पक्राउ परेका भारतीलाइ मुलुकि फौजदारी संहिता २०७४ अन्तर्गत खोटाचलन कसुरमा अनुसन्धान गर्न सोमबार जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।