काठमाडौं । संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज नबस्ने भएको छ ।
आज (मंगलबार) २ बजे बस्ने भनिएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
मंगलबार दिउँसो सूचना जारी गर्दै अर्को बैठक जेठ २१ गते बुधवार दिनको १ बजे बस्ने भएको हो । ‘आजै दिनको बजे बस्ने गरी सूचना प्रकाशित भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक मिति २०८२ साल जेठ २१ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा लेखिएको छ ।