विराटनगरमा निजी लगानीमा स्पोर्टस जोन, देशकै ठुलो क्रिकेट एकाडेमी बन्ने दावी

<span class='c1'>विराटनगरमा निजी लगानीमा स्पोर्टस जोन, देशकै</span> <span class='c2'>ठुलो क्रिकेट एकाडेमी बन्ने दावी</span>

विराटनगर । विराटनगरमा निजी लगानीकर्ताले नेपालकै ठुलो क्रिकेट एकाडेमी निर्माण गर्न साझेदारी गरेका छन् । विराटनगरका हरी बजगाँई, नवराज काफ्ले र राज ढकालले विराट स्पोर्टस जोन प्रा.लि.मार्फत खेल अभ्यासको संरचना निर्माण थालेका हुन् ।

विराटनगर–३ मा निर्माण सुरु भएको स्पोर्टस जोन ३० कठ्ठा जग्गामा बन्नेछ । स्पोर्टस एकाडेमीका अध्यक्ष बजगाँईका अनुसार यो जग्गा दशवर्षका लागि लिजमा लिएको हो । तीन करोड लगानीमा ५१ हजार वर्गफुटको क्रिकेट एकाडेमीसहित फुटसल गोकार्ड र स्केटिङ विधाका खेलहरुको अभ्यास प्रशिक्षण गर्न मिल्नेछ ।

स्पोर्टस जोनको काम सुरु गरिएको छ । हालसम्म घेराबेरा र माटो फिलिङको काम सकिएको अध्यक्ष बजगाँईले जानकारी दिएका छन् । उनका अनुसार आगामी असोजसम्ममा यसको सम्पूर्ण काम सकिनेछ । असोजमा उद्घाटन हुने स्पोर्टस जोनको क्रिकेट एकाडेमी भने देशकै सबैभन्दा ठूलो हुने दावी गरिएको छ । नेपालमा हालसम्म ३० हजार वर्गफुटको मात्रै क्रिकेट एकाडेमी रहेको उनले बताए । विराटनगरमा संरचना तयार हुँदा क्रिकेट एकाडेमी ५१ हजार वर्गफुटको हुने उनको भनाई छ ।

विराटनगरमा हामीले निर्माण सुरु गरेको एकाडेमीले देशकै खेलाडीलाई तान्न सक्छ, बजगाँईले भने–यसलाई सार्थक बनाएर विराटनगर खेलाडी उत्पादन गर्ने हवको रुपमा बनाउने सोच राखेका छौं । उनले हालसम्म तीनजना लगानीकर्ता देखिएपनि यसमा थप लगानीकर्ता समेत संलग्न रहेको बताएका छन् । तीनजना पदाधिकारी बाहेक बाँकी तीनजना सदस्य समेत यसमा लगानीकर्ताको रुपमा हुनुहुन्छ, बजगाँईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्