संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले सरकारबाट बाहिरिनुपर्यो : अध्यक्ष प्रचण्ड

<span class='c1'>संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले सरकारबाट</span> <span class='c2'>बाहिरिनुपर्यो : अध्यक्ष प्रचण्ड</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिचौलियाहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले माओवादीलाई सरकारबाट बाहिर ल्याएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उदघाटन समारोहमा उनले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएपनि प्रतिक्रियावादी, दलाल र बिचौलियाहरुलाई त्यो सह्य नभएको भन्दै उनीहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर ल्याएको बताए ।

उनले भने, ‘हामीले आर्थिक पछ्यौटेपनका विरुद्ध आर्थिक समृद्धिका लागि क्रमश कदम चाल्दै अगाडि बढेकै हो । अनेक अन्तर्राष्ट्रिय सम्बन्ध सुधारको लागि पनि हामीले काम गरेकै हो । चाहे त्यो छिमेकी राष्ट्र भारत र चीनसँग सम्बन्धित कुरा होस, चाहे अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको इज्जतलाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएकै हो । तर प्रतिक्रियावादी, दलाल, नोकरसाहा र बिचौलियाहरुलाई त्यो सहिए भएन, र उनीहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले हामीलाई सरकारबाट बाहिर ल्याए ।’

यस्तै, उनले बढि नै भाषण गर्ने प्रवृत्ति बढेको भन्दै जनताको कुरा बढि सुन्ने आफ्नो कुरा थोरै राख्ने गरे मात्र अभियान सफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्