सुनसरीको घुस्की नाकाबाट जमिन मुनि गाडिएको अवस्थामा एक हजार सय १२० केजी गाँजा बरामद

<span class='c1'>सुनसरीको घुस्की नाकाबाट जमिन मुनि गाडिएको अवस्थामा</span> <span class='c2'>एक हजार सय १२० केजी गाँजा बरामद</span>

सुनसरी । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–६ स्थित घुस्की नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ठुलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ।

जमिन मुनि लुकाई राखिएको एक हजार सय १२० केजी गाँजा प्रहरीले बरामद गरेको हो।

सुरक्षा निकायको प्रारम्भिक सूचनाका आधारमा कप्तानगञ्ज सशस्त्र प्रहरी बल, ईलाका प्रहरी कार्यालय देवानगञ्ज, अस्थायी प्रहरी चौकी घुस्की, सशस्त्र प्रहरी बल घुस्की र सशस्त्र प्रहरी बल बस्न्तपुरको संयुक्त टोलीले संयुक्त अपरेसन सञ्चालन गर्दै मंगलबार राति उक्त गाँजा बरामद गर्न सफल भएको हो।

गाँजा विशेष किसिमले पोको पारेर प्लास्टिक र बोरा प्रयोग गरी जमिन मुनि गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजा भण्डारण तथा तस्करीको नियतले राखिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

सुरक्षा निकायका अनुसार यस किसिमको ठुलो मात्रामा गाँजा बरामद हुनु सुनसरी जिल्लामा पछिल्लो समयको सबैभन्दा ठूलो सफलता मानिएको छ। घटनास्थलमा खटिएको टोलीले गाँजा संकलन गरी अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी न्यूनीकरण गर्न विभिन्न अभियान सञ्चालन गर्दै आइरहेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्