आफूले अनुचित काम नगरेको अध्यक्ष नेपालको दाबी

<span class='c1'>आफूले अनुचित काम नगरेको</span> <span class='c2'>अध्यक्ष नेपालको दाबी</span>

रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिक्रिया दिँदै उनले यो प्रतिशोधपूर्ण भएको बताए ।

पूर्वप्रधानमन्त्री नेपाल गृह जिल्‌ला रौतहट क्षेत्र नं–१ मा बिहीबार जिल्‌ला स्तरीय कार्यकर्ता भेलामा बोल्‌दै उनले सो कुरा बताएका हुन्। आफूविरुद्ध सुरुदेखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको उनले आरोप लगाए । पतन्जलीजस्तो संस्थामा त्यस्तो होला भन्ने आफूले कल्‌पना पनि नगरेको उनले बताए ।

यद्यपि, आफूले जग्गा उपलब्ध गराएको र जग्गा खरिद प्रकरणमा आफ्‌नो कुनै हात नरहेको र त्यसमा तलमाथि भएको भए त्यसको जिम्मेवार कर्मचारी भएको नेता नेपालले जिकिर गरे । अब आफू कानुन व्यवसायीसँग परामर्श गरेर कानुनी प्रक्रियाको सामना गर्न तयार बताए ।
उनका स्वकिय सचिव लक्ष्मण रेग्मीका अनुसार गौरमा रहेका अध्यक्ष नेपाल हुलाकी राजमार्ग हुँदै सिमरा गएका हुन् । अहिले ४ः३० बजेको प्लेनबाट उनी काठमाडौँ उड्ने तयारी रहेको उनले बताए । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्