विराटनगरको आरोहण गुरुकुलमा “प्रोजेक्ट बी” नाटकको मञ्चन हुने

<span class='c1'>विराटनगरको आरोहण गुरुकुलमा “प्रोजेक्ट</span> <span class='c2'>बी” नाटकको मञ्चन हुने</span>

विराटनगर । विराटनगरको हाटखोला स्थित आरोहण गुरुकुलमा"प्रोजेक्ट बी" नामक नाटकको मञ्चन हुने भएको छ।

यो नाटक सपना देख्नेहरू र आफूमाथि विश्वास गर्नेहरूको कथामा आधारित रहेको आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक लकेश दंगालका अनुसार यो नाटक हरेक उमेरका दर्शकहरूका लागि प्रभावकारी, उत्प्रेरणामूलक र मनोरञ्जनात्मक हुनेछ। नाटकमा व्यक्तिगत संघर्ष, सपनाको पछि लाग्ने जुनून र सफलताको यात्रालाई चित्रण गरिएको छ। निर्देशक सबिन भट्टराईको निर्देशनमा तयार भएको यस नाटकले दर्शकहरूलाई आत्मविश्वास, दृढता र मेहनतको महत्त्व बारे सन्देश दिने उद्देश्य राखेको छ। नाटकमा जीवनका विभिन्न चुनौतीहरूसँग कसरी लड्ने र सफलताको शिखरमा पुग्ने भन्ने विषयलाई प्रस्तुत गरिएको छ।

नाटकको कलाकार टोलीमा आस्मा देव राठी, आसिका कटवाल, इशानी गौतम, निशान्त चौहान राई, प्रदीप दाहाल, दृश्या ढकाल, अमन धमला, गोपाल राजवंशी, म्याक्स, डेभिड बिष्ट र सौगात बराइलीले अभिनय गरेका छन्। व्यवस्थापनमा अमिषा वाग्ले, सुशील दाहाल र लक्ष्मी दंगालको योगदान रहेको छ। नाटकको संगीत र कम्पोजिङ सरेगले गरेका छन्। सेट डिजाइन बिकास पराजुलीले गरेका छन् भने प्रकाश व्यवस्थापन भरत कार्कीले गरेका छन् ।

कार्यक्रममा सहभागी हुन चाहनेहरूले फोन नम्बर ९८१९६३६९९२ मा सम्पर्क गरी टिकट बुकिङ गर्न सक्नेछन्। आयोजकले सबै उमेरका दर्शकहरूलाई यस नाटक हेर्न आग्रह गरेका छन्।

नाटकबाट युवाहरूले विशेष प्रेरणा पाउने कार्यक्रम संयोजक दंगालको भनाइ छ। साथै नाटक मञ्चनका दिन असार १ गतेदेखि असार ८ गतेसम्म प्रत्येक दिन बेलुका ५:३० बजे मञ्चन हुने कार्यक्रमको तालिका रहेको कार्यक्रम संयोजक लोकेश दंगालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्