काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सय रुपैयाँले घटेको हो ।
आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार २१ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज २१ सय ५० मा कारोबार भईरहेको छ ।