विराटनगरका विद्यालय तीन दिन बन्द

<span class='c1'>विराटनगरका विद्यालय तीन</span> <span class='c2'>दिन बन्द</span>

विराटनगर । अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीनदिनका लागि बन्द गरिएको छ । विद्यालयमा विद्यार्थी पुगेर पढ्न नसक्ने अवस्था आएको अभिभावकको गुनासोपछि महानगरपालिकाले तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विराटनगरका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलका अनुसार यदि वर्षा भएर पठनपाठनका लागि अनुकुल अवस्था सिर्जना भए विद्यालय खुल्नेछन् । गर्मीका कारण बालबालिकाको स्वास्थ्य जोखिम बढ्न सक्ने संभावना देखिएपछि विदा दिइएको हो ।

विराटनगर बाहेक अन्य स्थानीय तहले समेत विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् । इटहरी, इनरुवासहित कोशीका तराई क्षेत्रका स्थानीय तहले विद्यालय बन्द गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्